---
Friday, September 20 2019, 22:36 | शुक्रबार ०३, असोज २०७६ २२:३६
नयाँ शैक्षिक सत्रका लागि ७० प्रतिशत पाठ्यपुस्तक भित्रिए

शैक्षिक सत्रको सुरुमै विद्यार्थीको हातमा परिमार्जित पाठ्यपुस्तक र्पुयाउने तयारी

बुधबार, १६ चैत २०७३| Hari Joshi
नयाँ शैक्षिक सत्रका लागि ७० प्रतिशत पाठ्यपुस्तक भित्रिए

एफ एम सम्वाददाता ÷धनगढी÷ चैत्र १६–
नयाँ शैक्षिक सत्र २०७४ का लागि सुदूरपश्चिममा आवश्यक पर्ने पाठ्यपुस्तकमध्ये हालसम्म करिब ७० प्रतिशत पाठ्यपुस्तक भित्रिएको छ । विद्यालय तहका लागि पाठ्यपुस्तक बिक्रीवितरण गर्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सुदूरपश्चिम क्षेत्रीय कार्यालयका अनुसार हालसम्म १४ लाख २८ हजार थान पाठ्यपुस्तक भित्रिएको छ । सुदूरपश्चिममा करिब २० लाख थान पाठ्यपुस्तक आवश्यक रहेको सो केन्द्रले जनाएको छ । केन्द्रका सुदूरपश्चिम क्षेत्रीय कार्यालय प्रमुख योगेन्द्र भट्टले चाढै नै बाँकी पाठ्यपुस्तक पनि आइपुग्ने बताउनुभयो । समयमै पाठयपुस्तक नपुग्दा हरेक वर्ष सुदूरपश्चिमका अधिकांस सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पाठ्यपुस्तक बिना नै पढाई गर्नुपर्ने अवस्था दोहोरिने गरेको छ । जनक शिक्षा सामग्री केन्द्रले आर्थिक वर्ष २०७० देखि पाठ्यपुस्तक वितरणमा एकरुपता ल्याउने भन्दै सुदूरपश्चिमका आठ जिल्ला सदरमुकाममा सहायक डिलर स्थापना गरी पाठ्यपुस्तक बिक्रिवितरण गरेको थियो । तर त्यसरी वितरण गर्दा समेत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांस विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेपछि अघिल्लो वर्षदेखि पुस्तक पसलमार्फत नै पाठ्यपुस्तक बिक्रीवितरण गरिएको उहाले बताउनुभयो  । गत वर्ष सुदूरपश्चिमका लागि १८ लाख थान पुस्तक आवश्यक भएकोमा आगामी शैक्षिक सत्रमा २० लाख थान आवश्यक रहेको केन्द्रले जनाएको छ । आगामी शैक्षिक सत्रमा कक्षा १० को पाठ्यक्रम परिवर्तन भएको हुँदा शैक्षिक सत्रको सुरुमै विद्यार्थीको हातमा परिमार्जित पाठ्यपुस्तक र्पुयाउने तयारी अनुरुप काम भइरहेको केन्द्रका सुदूरपश्चिम क्षेत्रीय कार्यालय प्रमुख योगेन्द्र भट्टले बताउनुभयो  ।


बुधबार १६, चैत २०७३ ०१:५१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस