Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:53 | बुधबार ०६, भदौ २०७५ ११:५३
कञ्चनपुरको बेदकोट ताल क्षेत्रमा भ्यू टावर निर्माण

पर्यटक भित्रियाउने उद्देश्य

शनिबार, ०३ असार २०७४| Nirmala Khadayat
कञ्चनपुरको बेदकोट ताल क्षेत्रमा भ्यू टावर निर्माण

एफएम संवाददाता
कञ्चनपुर, २ असार ।

आन्तरिक तथा बाह्य पर्यटक भित्रियाउने उद्देश्यले कञ्चनपुरको बेदकोट ताल क्षेत्रमा भ्यू टावर निर्माण कार्य सुरु गरिएको छ । ६० लाख रुपैयाको लागतमा निर्माण हुने उक्त टावर छ तलेको हुनेछ ।

कुल लागतमध्ये बेदकोट नगरपालिकाको ३० प्रतिशत र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ७० प्रतिशत रहेको नगरपालिकाका प्राविधिक सहायक सिद्धराज ओझाले बताउनुुभयो ।

भ्यू टावर निर्माणको कार्य असार मसान्तभित्रै सम्पन्न गर्ने गरी निर्माण भइरहेको उहाँले बताउनुभयो । टावर निर्माणपछि ताल क्षेत्रको दृश्यावलोकन गर्नुका साथै तराई क्षेत्रको हरियाली मनोरम दृश्य नियाल्न सकिने छ ।

 यस्तै, कञ्चनपुरकै बेदकोट नगरपालिकास्थित चौधर नदीको किनारामा रहेको जग्गामा बनस्पति उद्यान निर्माणको कार्यलाई समेत अगाडी बढाएको छ ।

बेदकोट नगरपालीकाको ५८ लाखको लागतमा सो उद्यान(पार्क)को निर्माण कार्य सुरु भएको हो ।  आधुनिक डिजायनका आधारमा उद्यानको निर्माण कार्य सुरु गरिएको प्राविधिक सहायक ओझाले बताउनु भयो ।


शनिबार ०३, असार २०७४ ०६:३७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस