---
Thursday, November 23 2017, 02:16 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१६
नीजि विद्यालयको नतिजा उकृष्ट

सरकारीको निराशाजनक

शुक्रबार, ०२ असार २०७४| Dinesh Thakulla

धनगढी, २ असार । 
गत चैत्रमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार कैलालीमा नियमिततर्फ १६ हजार भन्दा बढी तथो एक्जाम्टेडतर्फ ४ हजार विद्यार्थी परिक्षामा सहभागि थिए । जिल्लामा कति विद्यार्थी उत्तिर्ण भए भन्नेबारे रिपोर्ट तयार नभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लाका सरकारी तथा निजी विद्यालयले हालसम्म दिएको जानकारी अनुसार  नीति विद्यालयको नजिता उत्कृष्ट देखिएको छ भने सरकारी विद्यालयलाई भने ए ग्रेड ल्याउनपनि धौधौ भएको छ । जिल्लाका नीजि अधिकाश विद्यालयका विद्यार्थीले ए प्लस, ए, तथा वि प्लस ग्रेड ल्याएका छन भने सरकारी विद्यालयबाट परिक्षा दिएका विद्यार्थीले भने ए प्लस भन्दा माथि ल्याउन सकेका छैनन । हालसम्म प्राप्त नतिजा अनुसार धनगढीमा रहेको सिदार्थ सिसु बोर्डिङस्कुलकी छात्रा सवैभन्दा बढी ग्रेड प्वाईन्ट एभरेज (जिपिए) प्राप्त गर्नुभएको छ । सिदार्थकी प्रियङका बगालले ३ दशमलव ९५ जिपिए प्राप्त गर्नुभएको प्रध्यानाध्यापक सिवि चन्दले जानकारी दिनुभयो । सिदार्थबाट कुल १ सय ९ जना विद्यार्थीले परिक्षा दिएकोमा १४ ए प्लस, २७ ए र २८ जना विद्यार्थी वि प्लस ग्रोडमा उत्र्तिण भएका बताईएको छ । सिदार्थकी प्रियङका बगालेपछि स्टेपिङ स्टोन बोर्डिङ स्कुलका ४, ऐश्वर्य विद्या निकेतनका १ तथा जेसिस एभरेष्टका १ जना विद्यार्थीले समान ३ दशमलव ८५ जिपिए प्राप्त गरेको ति विद्यालयले जनाएका छन ।  कुल १ सय ५७ जना विद्यार्थीले परिक्षा दिएको स्टेपिङबाट हेमन्त महरा, रिसव भट्टराई, सिमा ढकाल तथा श्रीसा आचार्यले समान ३ दशमलव ८५ जिपिए प्राप्त गर्न सफल भएको प्रध्यानाध्यपक रामजी हमालले जानकारी दिनुभयो ।  उहाँले ए प्लसमा ३३, ए मा ६२, वि प्लसमा ३९ र वि मा २० विद्यार्थी उत्तिर्ण भएको बताउनुभयो । ऐश्वर्यबाट हरीनाथले सवैभन्दा बढी ३ दशमलव ८५ जिपिए प्राप्त गनुभएको छ । ऐश्वर्यका प्रध्यानाध्यापक धर्मदेव भट्टका अनुसार २२ ए प्लस, ९१ ए, १ सय ३ वि प्लस, ६५ वि तथा १७ जना विद्यार्थी सि प्लस ग्रेडमा उत्तिर्ण भएका छन । जेसिसका प्रशान्त भट्टले ३ दशमलव ८५ जिपिए प्राप्त गर्नुभएको छ भने ए प्लसमा १४, ए मा २९, वि प्लसमा २२, वि मा ४ तथा सि प्लसमा १ जना विद्यार्थी उत्र्तिण भएका छन । उक्त विद्यालयबाट ७० जनाले माध्यमिक शिक्षा परीक्षा एसईई दिएका थिए । क्यास्पियन एकेडेमीका सनया पाठक तथा सुवाश सिहले समान ३ दशमलव ८ जिपिए प्राप्त गरेका छन । त्यस्तै, ३ ए प्लस, ५ ए, ५ वि प्लस, तथा ३ जना विद्यार्थी वि गे्रड ल्याएर उत्र्तिण भएका छन । ईमरल्डबाट  ७ जना ए प्लस, १३ ए तथा ३ जना विद्यार्थी वि प्लस ल्याउन सफल भएको प्रध्यानाध्यकक छिरिङ शेर्पाले जानकारी दिनुभयो । एक्सिस विद्याश्रमबाट ११ ए, ७ वि प्लस तथा ३ जना विद्यार्थी सि प्लस ग्रेड ल्याएर उत्तिर्ण भएका छन । लिटिल फ्लावरबाट १ ए प्लस, ६ ए, ९ वि प्लस तथा ९ जना विद्यार्थीले वि प्लस ग्रेड ल्याएका छन । जिल्लामा रहेकान नीजि विद्यालयको नतिजा  उत्कृष्ट रहेपनि सरकारी विद्यालयको नतिजा भने निराशाजनक रहेको छ । अधिकाश सरकारी विद्यालयले यो समाचार तयार पार्दासम्म कति विद्यार्थी कुन ग्रेड ल्याएर उत्तिर्ण भएका छन भन्ने पनि हेरेका छैनन । हालसम्म प्राप्त नतिजा अनुसार बैयाबेहडीमा रहेको शारदा उच्च माविबाट ३ जना विद्यार्थी ए ग्रेड ल्याएर उत्तिर्ण भएका छन । यस्तै, १३ वि प्लस, १४ वि, ३९ सि प्लस, ३१ सि,  ५ डि प्लस तथा ५ जना विद्यार्थी फेल भएका छन । सरकारी विद्यालयमा वर्षेनि नतिजा निराशजनक आउने गरेको छ । सरकारी लगानी बढदो रहेका सरकारी विद्यालयमा नतिजा भने वर्षेनि खस्किदै छ । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कुनै विद्यार्थीले आफ्नो ग्रेडिङमा चित्त नबुझे पुनर्योगका लागि १५ दिन भित्र निवेदन दिन सकिने बोर्डले जनाएको छ । यस्तै दुई विषयमा अनुत्तिर्ण वा अनुपस्थित भए ग्रेड बृद्धिका लागि मौका परीक्षाको व्यबस्था गरिएको छ । परीक्षा साउन १९ गते देखि २६ गते सञ्चालन हुने  जनाइएको छ । 


शुक्रबार ०२, असार २०७४ ०६:५४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस