Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:22 | मङ्गलबार १०, असोज २०७४ २०:२२
स्थानीयस्तरका कलासंस्कृति राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान

मङ्गलबार, ३० जेठ २०७४| Nirmala Khadayat
स्थानीयस्तरका कलासंस्कृति राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान

एफएम संवाददाता
कञ्चनपुर, ३० जेष्ठ ।

स्थानीयस्तरका कला र संस्कृतिलाई राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान गर्न थालिएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले विभिन्न कार्यक्रमका माध्यमबाट परम्परागत नेपाली जातीय लोककला र संस्कृतिको जगर्ना गर्न खोज, संरक्षण र संवद्र्धनका कार्यलाई निरन्तरता दिँदै आएको हो ।

कञ्चनपुरको महेन्द्रनगरमा थारु कला संस्कृतिबारे आयोजित कार्यक्रममा बोल्दै प्रतिष्ठनका उपकुलपति शारदा चित्रकारले कला र संस्कृतिले समाजिक विविधताको पहिचान गराउने भएकाले तिनको संरक्षण गर्नु जरुरी रहेको बताउनुभयो ।

कला र संस्कृतिको धनी मुलुक नेपालमा अहिले ओझेलमा परेका कला संस्कृतिको खोजी गरी संरक्षण गर्नु जरुरी रहेकाले प्रतिष्ठनले यस कार्यलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो ।   

 कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका कठरिया, राना र डगौरा थारुको आफ्नै संस्कृति, पहिरन, गहना, लवाइखवाइ र परम्परागत सीपमा धनी छ । विसं २०७३ मा प्रतिष्ठनले थारु संस्कृतिमा घर सजावट कलाकोे अनुसन्धान कार्यसमेत गरेको थियो ।

प्रतिकृया दिनुहोस