Nepali Bahas

06:00 AM - 07:00 AM

Monday, May 28 2018, 06:46 | सोमबार १४, जेठ २०७५ ०६:४६
बिदा मिलाएर पश्चिम नेपाल घुम्न आउनेछु:जर्मनी राजदूत मायरल

सोमबार, २९ जेठ २०७४| Nirmala Khadayat
बिदा मिलाएर पश्चिम नेपाल घुम्न आउनेछु:जर्मनी राजदूत मायरल

एफएम संवाददाता
कञ्चनपुर, २९ जेष्ठ ।

आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी लागेका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदा मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताउनुभयो ।

नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक राजदूत मायरले आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको भीमदत्तनगर पुगेका उहाले नेपालमा पर्यटकीय सम्भावना बोकेका स्थलहरु धेरै रहेको बताउनुभयो । गाउँबस्ती घुम्ने रहर र सवारी ट्राफिक कम हुने भएकाले आफूले मोटरकारमै जर्मनी जाने निधो गरेको उहाले बताउनुभयो ।

आइतबार साँझ बसाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको शुक्लाफाँटा कटेज पुगेका राजदूत मायरले शुक्लाफाँटा, झोलुङ्गे पुल, जुम्ला, रारालगायतका पर्यटकीयस्थल घुम्नका लागि बिदा लिएर आउने बताउनुभयो । उहाले मुस्ताङ र मनाङलगायतका क्षेत्रमा भ्रमण गरेको स्मरण गर्दै यहाँको कला संस्कृतिको विविधताले आफूलाई लोभ्याएको बताउनुभयो ।

उहाले आज बिहान पश्चिमी नाका गड्डाचौकी हुँदै भारततर्फ प्रस्थान गर्नुभयो । भारतबाट पाकिस्तान–इरान–टर्की हुँदै युरोपेली देश प्रवेश गर्ने उहाले बताउनुभयो । नेपालको पर्यटकीय विकासका लागि जर्मनीको निरन्तर साथ र सहयोग रहने उहाले बचन दिनुभयो ।


सोमबार २९, जेठ २०७४ ०१:२८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस