Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:54 | आइतबार ०२, मङि्सर २०७५ २२:५४
अहिले सम्मका सबै रेर्कड तोड्दै "लप्पन छप्पन"

नेपाली चलचित्रमा नयाँ इतिहास रच्दै‘लप्पन छप्पन’

सोमबार, १४ चैत २०७३| Hari Joshi
अहिले सम्मका सबै रेर्कड तोड्दै "लप्पन छप्पन"

काठमाडौं — शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको आएको नेपाली चलचित्र ‘लप्पन छप्पन’ दोस्रो दिनमै करोड क्लबमा प्रवेश गर्न सफल भएको छ । प्रदर्शनमा आएको पहिलो दिनमै चलचित्रले ८० लाख भन्दा बढीको व्यापार गरेको थियो भने दोस्रो दिन ९५ देखि एक करोड कमाई गरेको वितरक वितरक गोविन्द शाहीको दाबी छ ।  वितरक शाहीले चलचित्रले शनिबार सबै हलमा हाउसफूलको व्यापार गरेको बताए । यो चलचित्रले काठमाडौंका १९ र मोफसलका ४५ वटा हलमा रिलिज भएको छ । दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा जस्ता मल्टिप्लेक्समा चिनिएका कलाकारको मुख्य भूमिका रहेकाले पनि चलचित्रलाई सुखद प्रतिक्रिया मिलेको हो ।

मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई इन्द्र प्रसाद खरेल र डम्बर चन्दले निर्माण गरेका हुन् । गोल्डेन हिल्स पिक्चर्स प्रा.लि. प्रस्तुति नेपाली चलचित्र लप्पन छप्पन युरोपका विभिन्न भागको छायाँकन गरीएको छ ।  फिल्ममा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ति भट्ट लगायतका कलाकारहरुको मुख्य भूमीका रहेको छ । साथै फिल्ममा हलिउडका कलाकार ओलिभर ब्लुर्कले अभिनय गरेका छन् । सर्वाधिक सफल छक्कापञ्जाले प्रदर्शनको पहिलो दिन करिब ६४ लाखको व्यापार गरेको थियो ।


सोमबार १४, चैत २०७३ ०६:३७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस