---
Thursday, November 23 2017, 02:08 | बिहिबार ०७, मङि्सर २०७४ ०२:०८
डिसीएमा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेतन फाईनलमा प्रवेश

बुधबार, २४ जेठ २०७४| Nirmala Khadayat
डिसीएमा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेतन फाईनलमा प्रवेश

एफएम संवाददाता
धनगढी, २४ जेष्ठ ।

धनगढीमा जेठ १० गतेदेखी जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगीतामा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेतन फाईनलमा प्रवेश गरेका छन् ।

धनगढी क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगीता अन्तरगत बुधबार भएका २ वटा सेमीफाईनलको खेलमा दुवै टोलीले जित हात पार्दै फाईनल सम्मको यात्रा तय गरेका हुन् ।

बुधबार भएको पहिलो सेमीफाईनलको खेलमा लिटील फ्लवारले ग्ली एकेडेमीलाई ४१ रनले पराजीत गरेको छ । टस जितेर व्याटीङ गरेको लिटील फ्लवारले निर्धारीत २० ओभरमा ७ विकेट गुमाउदै १ सय २७ रन बनायो ।

लिटील फ्लावरका लागी किसोर सिहले २५, अनिल थापाले २० तथा भरत सिहले १४ रनको योगदान दिए भने ३७ रन अतिरिक्त पाएको थियो । बलीङमा ग्ली एकेडेमीका लागी राजु कुँवर र रोहन विष्टले २÷२ विकेट लिए ।

१ सय २८ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ग्ली एकेडेमीले २० ओभरमा ६ विकेट गुमाउदै ८६ रन मात्रै बनाउनसक्यो । ग्ली एकेडेमीलाई पराजीत गर्ने क्रममा लिटील फ्लावरक अनिल थापाले २ विकेट लिए । एक विकेट र महत्वपुर्ण २० रन बनाएका लिटील फ्लावरका किसोर सिह म्यान अफ द म्याच घोषीत भए ।

बुधबार भएको दोश्रो सेमीफाईनलको खेलमा ऐश्वर्या विद्या निकेतले एक्सीस विद्या आश्रमलाई ६ विकेटले पराजजजीत गरेको छ । टस जितेर व्याटीङ गरेको एक्सीसले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै ८३ रन बनायो । एक्सीसका लागी अम्रित रावतले २८ तथा सौनक मल्लले १३ रनको योगदान दिए ।

बलीङमा ऐश्वर्याका माधव ठगुन्ना र विमल कठायतले समान २÷२ विकेट लिए । ८४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ऐश्वर्याले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेटायो । उसका लागी प्रविन जोशीले १९, उपेन्द्र थापाले १४ तथा सुवाश खाती १३ रन बनाए । खेलका म्यान अफ द म्याच ऐश्वर्याका विमल कठायत भए ।

फाईनल खेल भोली विहान ९ बजे फाप्ला क्रिकेट मैदानमा हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार तथा द्धितीय हुनेलाई १५ हजार सहित ट्रफि र प्रमाणपत्रको ब्यवस्था गरिएको छ ।

यस्तै प्रतियोगीतामा उत्कृष्ट ५ जना खेलाडीलाई धनगढी क्रिकेट एकेडेमीले शत प्रतिशत छात्रवृतीमा क्रिकेट प्रशिक्षण गराउने जनाएको छ ।


बुधबार २४, जेठ २०७४ ०७:२४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस