---
Thursday, November 23 2017, 02:16 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१६
डिसीए प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा

बुधबार, २४ जेठ २०७४| Nirmala Khadayat
डिसीए प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा

एफएम संवाददाता
धनगढी,२३ जेष्ठ ।

धनगढीमा जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।

मंगलवार भएका खेलमा जित हात पार्दै ऐश्र्वय विद्या निकेतन र लिटिल फ्लावर अन्तिम चारमा पुगेसगै सेमिफाईनल समिकरणले पुर्णता पाएको हो । वुधवार सेमीफाईनलका दुवै खेल भएपछि विहिवार फाईनल हुने आयोजकले जनाएको छ ।

धनगढीका फाप्ला मैदानमा मंगलवार विहान भएको खेलमा ऐश्वर्यले व्रोड भिजनलाई ६५ रनले हराउदै सेमिफाईनलको यात्रा तय गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको ऐश्वर्यले वर्षाका कारण छोटाईएको १२ ओभरको खेलमा ५ विकेटको क्षतीमा ७८ रन वनायो ।

टीमका लागि विरेन्द्र महरले २७ र उपेन्द्र थापाले २५ रन वनाए । व्रोड भिजनका लागि सन्दीप कार्कीले ३ विकेट लिए । ७९ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको व्रोड भिजनले ५.३ ओभरमा सवै विकेट गुमाउदै १३ रनमा समेटियो ।

कुनै पनि खेलाडीले दोहोरो रनमा अंक जोड्न सकेनन् । ऐश्वर्यका लागि लोकेस हमाल र माधव ठगुन्नाले ४÷४ विकेट लिए । उपेन्द्र थापाले दुई विकेट लिए । खेलको म्यान अफ द म्याच ऐश्वर्यका लोकेस हमाल भए । मंगलवार नै भएको दोस्रो खेलमा लिटिल फ्लावरले सिद्धार्थ सिसु सदनलाई ५ विकेटले पराजित ग¥यो ।

टस जितेर पहिले व्याटिङ गरेको सिद्धार्थले निर्धारित २० ओभरको खेलमा १५.१ ओभरमा सवै विकेट क्षतीमा ४९ रन मात्रै वनायो । टीमका लागि रोशन पालले १३ रन वनाउनु वाहेक अन्यले दोहोरा रन अंक छुन सकेनन् । लिटिल फ्लावरका लागि प्रेम वम र अनिल थापाले ३÷३ विकेट लिए ।

५० रनको विजय लक्ष्य लिटिल फ्लावरले ८.३ ओभरमा ५ विकेट क्षतीमा भेटायो । टोलीलाई जिताउन कृष्ण धामीले अविजित १४ र चेतन विष्टले १२ रन वनाए । सिद्धार्थका लागि नवीन वोहोराले ३ र यासिस चन्दले २ विकेट लिए ।

लिटिल फ्लावरका प्रेम वम म्यान अफ द म्याच भए । प्रतियोगिता अन्तर्गत वुधवार दुवै सेमिफाईनलका खेल हुने आयोजकले जनाएको छ । पहिलो सेमिफाईनलमा ग्ली एकेडेमी र लिटिल फ्लावर तथा दोस्रो सेमिफाईनलमा एक्सीस विद्याश्रम र ऐश्र्व विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार हात पार्नेछन ।


बुधबार २४, जेठ २०७४ ०३:४६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस