Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:16 | मङ्गलबार १०, असोज २०७४ २०:१६
भोलिदेखि क्वाटरफाईनलका खेलहरु सुरु हुने

डिसिएमा लिटिल फ्लवार पनि अन्तिम आठमा

आइतबार, २१ जेठ २०७४| Nirmala Khadayat
भोलिदेखि क्वाटरफाईनलका खेलहरु सुरु हुने

एफएम संवाददाता
धनगढी, २१ जेष्ठ ।

धनगढीमा जारी डिसिए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा जित हात पार्दै लिटिल फ्लवार अन्तिम आठमा पुगेको छ ।

लिटिल फ्लावरको जितसगै क्वाटरफाईनल समिकरण पुरा भएको छ । सोमबार देखि हुने क्वाटरफाईनल खेलहरुको खेल तालिका पनि सार्वजनिक गरिएको छ । धनगढीको फाप्ला मैदानमा आइतबार विहान भएको खेलमा ईमरल्ड एकेडेमीलाई १६ रनले हराउदै लिटिल फ्लावर अन्तिम आठमा पुगेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको लिटिल फ्लावरले २० ओभरमा ७ विकेट गुमाउदै एक सय ५ रन वनायो । टीमका लागि अनिल थापाले २४ कृष्ण धामीले १७ तथा अनुराग दास र चेतन विष्टले ११÷११ रन वनाए । ईमररल्र्डका लागि हिमांसु चन्द र रोहित सिंहले २÷२ विकेट लिए ।

एक सय ६ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको ईमरर्डले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन मात्रै वनाउन सक्यो । टीमका लागि हिमांसु चन्दले २० रोहित सिंह र भरत सिंहले १२÷१२ रन वनाए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । लिटिल फ्लावरका लागि निराजन परियार र रमेश रावतले २÷२ विकेट लिए ।

खेलमा २ विकेट लिएका लिटिल फ्लावरका निराजन परियार म्यान अफ द म्याच भए । आयोजक धनगढी क्रिकेट एकेडेमीले अन्तिम आठको समिकरण पुरा भएसगै सेमिफाईनल प्रवेशका लागि नया खेल तालिका सार्र्वजनिक गरेको छ ।

नया खेल तालिका अनुसार समुह ए मा एरिष्टो, ग्ली, व्रोड भिजन र ऐश्वर्य विद्या निकेतन रहेका छन भने समुह वी मा जेसिज एभरेष्ट, एक्सीस विद्याश्रम, सिद्धार्थ सिसु सदन र लिटिल फ्लावर रहेका छन ।

सोमबार र मंगलबार सेमिफाईनल प्रवेशका लागि आठ वटा टीमले प्रतिस्पर्धा गर्ने धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । सोमबार हुने पहिलो खेलमा एरिष्टो र ग्ली एकेडेमी तथा दोस्रो खेलमा व्रोड भिजन र ऐश्वर्य विद्या निकेतन भिड्ने छन । त्यस्तै मंगलबार जेसिज एभरेष्ट र एक्सीस विद्याश्रम तथा सिद्धार्थ र लिटिल फलावर एक आपसमा खेल्नेछन ।

विजेता टोलीहरु सेमिफाईनल पुग्नेछन भने पराजित टोलीहरु प्रतियोगितावाट वाहिरिनेछन । सेमिफाईनलमा पहिलो खेलको विजेताले चौथो खेलको विजेतासग फाईनल प्रवेशका लागि खेल्नेछन । त्यसैगरी दोस्रो र तेस्रो खेलको विजेताले पनि फाईनलका लागि सेमीफाईनलमा प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार हात पार्नेछन । 

प्रतिकृया दिनुहोस