---
Saturday, June 23 2018, 00:54 | शनिबार ०९, असार २०७५ ००:५४
हरीबहादुर किताब यात्रा धनगढीमा

बुधबार, १७ जेठ २०७४| Hari Joshi
हरीबहादुर किताब यात्रा  धनगढीमा

धनगढी १७ जेठ ,

नेपालि साहित्य एवं कलाकारिताको क्षेत्रमा ख्याती प्राप्त कलाकार हरिबंश आचार्य आफ्नो दोश्रो कृति “हरीबहादुर” को देश ब्यापी किताब  यात्रा को दौरान मा भोली (बिहिबार) धनगढी आउने कार्यक्रम रहेको छ  ।

सर्च सोलुशन नामक संस्था इभेन्ट म्यानेजर रहेको उक्त कार्यक्रम धनगढीको रंगशाला मा अपरान्ह ४.३० बजे शुरु हुने जानकारी मा आएको छ । कार्यक्रम को दौरानमा उक्त पुस्तकका लेखक हरिबंश आचार्यले पुस्तकको बिषयबस्तु माथि छोटकरीमा प्रकाश पार्नुका साथै पाठकहरु संग छोटकरिमा अन्तरक्रिया समेत गर्ने प्रकसक फाइन प्रिन्टले जानकारी दिएको छ ।  

साथै भोली  बेलुका ६.३० बजे धनगढी जेसीजले पनि कलाकार हरिबंश आचार्य संग साक्षात्कार कार्यक्रम आयोजना गरेको धनगढी जेसीजका महासचिव श्याम पाठकले जानकारी दिनुभयो । कलाकार हरिबंश आचार्य बिगत केहि बर्ष देखि पुस्तक लेखन मा पनि अब्बल ठहरिनु भएको छ । 


बुधबार १७, जेठ २०७४ १०:०७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस