---
Thursday, November 23 2017, 02:12 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१२
कक्षा ११ को बार्षिक परीक्षा असार ८ गते देखि सुरु

बिहिबार, ०४ जेठ २०७४| Nirmala Khadayat
कक्षा ११ को बार्षिक परीक्षा असार ८ गते देखि सुरु

एफएम संवाददाता
धनगढी, ४ जेष्ठ ।
                     स्थानीय तहको चुनावका कारण रोकिएको कक्षा ११ को बार्षिक परीक्षा असार ८ गतेदेखि सञ्चालन हुने भएको छ ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले असार ८ देखि १८ गतेसम्म परीक्षा शुरु गर्ने निर्णय गरेको बोर्डका सदस्यसचिव डिल्ली रिमालले जानकारी दिनुभयो ।

यसअघि स्थानीय तहको चुनावका कारण असार १ गतेबाट शुरु हुने परीक्षा रोकिएको थियो । कक्षा १२ को परीक्षा भने बैशाख २२ गते नै सम्पन्न भइसकेको थियो ।

बार्षिक परीक्षा अनुसार असार ८ गते पहिलो दिन अनिर्वाय अंग्रेजी विषयको परीक्षा हुनेछ ।


बिहिबार ०४, जेठ २०७४ ०४:१२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस