---
Sunday, November 18 2018, 23:00 | आइतबार ०२, मङि्सर २०७५ २३:००
शुक्लाफाँटा निकुञ्जमा तीन वटा पर्यापर्यटन पदमार्ग पहिचान

बुधबार, ०३ जेठ २०७४| Nirmala Khadayat
शुक्लाफाँटा निकुञ्जमा तीन वटा पर्यापर्यटन पदमार्ग पहिचान

एफएम संवाददाता
कञ्चनपुर, २ जेष्ठ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा तीन वटा पर्यापर्यटन पदमार्ग पहिचान गरिएको छ । पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निकुञ्जले पदमार्ग पहिचान गरेको हो ।

पहिचान गरिएका पर्यापर्यटन पदमार्गमा पिपरैया वर्कौला, मालुमेला रानीताल र अर्जुनी लालपानी बडनीखेडा छन् ।  तीनवटै पदमार्गको लम्बाइ ३७ दशमलव ६९ किमी रहेको निकुञ्जका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो ।

पदमार्गका माध्यमबाट निकुञ्ज क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धनसँगै मध्यवर्ती क्षेत्रका बासिन्दाको आयआर्जनमा वृद्धि भई वन्यजन्तुको संरक्षणमा स्वःस्फूर्त विश्वास बढ्ने उहाँले बताउनुभयो । पदमार्गमा जाने पर्यटकले संरक्षित जनावर बाघ, चितुवा बाह्रसिंगा, लोपोन्मुख सेतोकण्ठे धिप्सी चरा, गैँडालगायतका जनावर र संरक्षित क्षेत्रकै सबैभन्दा ठूलो घाँसे मैदान, ताल, सीमसार क्षेत्रको अवलोकन गर्न पाउँछन् ।

निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम र जुलोजिकल सोसाइटी अफ लण्डनको अध्ययनमा सो पदमार्ग पहिचान गरेको हो ।


बुधबार ०३, जेठ २०७४ ०७:०० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस