Nepali Khabar

12:00 PM - 12:15 PM

Wednesday, July 18 2018, 12:05 | बुधबार ०२, साउन २०७५ १२:०५
सदरमुकाम भित्रै जातीय विभेद व्याप्त, मुख्यमन्त्री भन्छन : विभेदलाई अन्त्यका लागि कानुन निर्माण गर्छौ

सोमबार, १७ बैशाख २०७५| Dinesh Thakulla
सदरमुकाम भित्रै जातीय विभेद व्याप्त, मुख्यमन्त्री भन्छन : विभेदलाई अन्त्यका लागि कानुन निर्माण गर्छौ

एफएम सवाददाता
धनगढी, १७ बैशाख । 

कञ्चनपुरको पुर्नवास नगरपालीकामा फागुन १ गते शिवरात्रीका दिन मन्दीर प्रवेसमा दलित समुदायलाइ रोक लगाएको खबर बाहिर आयो । 

कैलालीको घोडाघोडी नगरपालीका वडा नम्बर १ जनकपुरमा जातीय विभेदकै कारण स्थानिय सारदा नेपालीमाथी कारण कुटपिट भयो । 

गोदावरी नगरपालीका वडा नम्बर ७ मा कौशीला नेपालीले दलित भएकै कारण जागीरबाट हात धुनुपर्यो । लिखितमा एक नम्बर नाम निकाले पनि अन्र्तरवार्तामा उनि अन्तीममा परिन् । 

प्रदेश सभा सदस्य अर्चना गहतराजले सात नम्बर प्रदेशको राजधानी धनगढीमै जातीय छुवाछुतका कारण डेरा पाउन निकै मुस्किल परेको घटना बाहिर आयो । 

यसले अझै पनि सामाजिक कलकंका रुपमा रहेको जातीय विभेदले कति बलियो सम्म जरा गाडेको छ भन्ने प्रस्ट हुन्छ । 

नगरपालीका र सदरमुकाम भित्रैका यी केहि प्रतिनिधी घटनाहरु मात्रै हुन् । प्रदेश नम्बर सातमा यस्ता थुप्रै विभेद घटनाहरुले जरा गाडेर बसेको छ । 

प्रदेश सरकारले कानुन बनाउने र बजेट ल्याउने तरखर गरिरहेका बेला दलित अगुवाहरुले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाइ भेटि अब बन्ने कानुन र आसन्न बजेटमा दलित समुदायका हक अघिकार समेटिने कानुन बनाउन माग गरेका छन् । 

मुख्य मन्त्री भट्ट सँगको भेटमा दलित महिला संघ (फेडो) कैलालीका संयोजक विनोद धिमिरेले लैगिंक तथा जातीय विभेदका घटना अझै नरोकिएको भन्दै विभेद रहित समाज निमार्णमा बल पुर्याउने कानुन निमार्णको माग गर्नुभयो । 

समाजमा अझै पनि विभेद उन्मुलन हुन नसकेको भन्दै उहाँले प्रभावकारी कानुन निमार्ण गरि कडाइएका साथ कार्यान्यन गर्नुपर्ने बताउनुभयो । 

‘जातीय छुवाछुत कसुर सजाए ऐन आइसक्दा पनि समुदाय स्थरमा अझै विभेदका घटनाहरु हुनु दुखत हो’ उहाँले भन्नुभयो‘विभेद न्युनीकरण नहुनुको प्रमुख कारण कानुनको प्रभावकारी कार्यान्वयन हुन नुसक्नु हो’ ।

घिमिरेले आगामि बजेटमा दलित र महिलको स्तरोन्ती गर्ने विभिन्न सचेतनामुलक कार्यक्रम समेट्नु पर्ने बताउनुभयो । अब आउने निती तथा कार्यक्रममा सशत्तीकरणका कार्यक्रमहरु ल्याउनु पर्ने बताउनुभयो । 

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका संयोजक चक्र बहादुर विकले सबैभन्दा पछाडि परेको दलित समुदायका लागि विषेष कार्यक्रम ल्याउन माग गर्नुभयो । उहाँले दलित समुदायलाइ राज्यको मुल धारमा ल्याउन विषेष पहल गर्न आग्रह समेत गर्नुभयो । 

दलित अघिकारकर्मीहरु सगको भेटमा मुख्य मन्त्री भट्टले प्रदेश सरकारले विभेदलाइ अन्त्य गर्ने कानुनको निमार्ण गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री भट्टले प्रदेशमा सबै खाले विभेदलाइ अन्त्य गर्ने खालका निती तथा कार्यक्रमलाइ जोड दिने बताउनुभयो । 

‘प्रदेशमा विद्यमान बोक्सि,छाउपडि तथा जातिय छुवाछुतका घटना रोक्न विषेष रुपमा कानुनमा समेट्ने कुरामा प्रदेश सरकार सकारात्मक छ ’ उहाँले भन्नुभयो ‘ हिजोका दिनमा पनि म विभेदको सबैभन्दा बढि विरोधी हो ,समाजमा हुने सबै खाले विभेद अन्य हुनु पर्दछ । ’ 

कैलालीबाट समानुपातिकमा समेटिनु भएकि उमादेबी बादी र टेकबहादुर रैका आउजि, अछामबाट दिपा कुमारी बिक र देबीका कामी ,डोटिबाट अर्चना गहतराज,बझाङबाट शान्ति नेपाली र कंचनपुरबाट मानबहादुर सुनारले प्रदेश सभामा दलितको प्रतिनिधित्व गर्नुभएको छ । 

६ जना प्रदेश सभा सदस्य समानुपातिकबाट समेटिएका हुन् भने कंचनपुरबाट मानबहादुर सुनार प्रत्यक्ष निर्वाचित हुन् । प्रदेशको निति निमार्णका लागि लागि परेकाहरुलेनै कोठा भाडामा नपाएको गुनासो गरेपछि प्रदेश सातमा जातिय बिभिद ब्याप्त रहेको प्रष्ट हुन्छ । 

२०६३ जेष्ठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गरे दलित भएकै कारण प्रदेश सभा सदस्यहरुलेनै कोठा नपाउनु बिडम्बनाको बिषय हो ।

फोटो : साभार


सोमबार १७, बैशाख २०७५ ०१:०९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस