---
Sunday, November 18 2018, 23:01 | आइतबार ०२, मङि्सर २०७५ २३:०१
अतिक्रमित नेतुवा तालको १५ कट्टा जमिनमा घेरवार

उपमहानगरपालिकाको अतिक्रमण हटाउ अभियान

सोमबार, १७ बैशाख २०७५| Dinesh Thakulla
अतिक्रमित नेतुवा तालको १५ कट्टा जमिनमा घेरवार
फोटो : अतिक्रमण गरिएको नेतुवा ताल घेरवार गर्नका लागि नापनक्सा गरिदै ।

दिनेश ठकुल्ला
धनगढी, बैशाख १७ । 

धनगढी उपमहानगरपालिकाले अतिक्रमण हटाउ अभियानलाई तिव्रता दिएको छ । 

करिव एक महिना अगाढी गठन गरिएको खोला नाला तथा सार्वजनिक जग्गा हटाउ समिति र ऐलानी तथा प्रतिजग्गा हटाउ समितिले काममा तिव्रता दिएका हुन । 

करिव ४५ कट्टा क्षेत्रफलमा फैलिएको नेतुवा तालमा अतिक्रमण गरिएको १५ कट्टा जग्गामा घेरवार गरिएको हो । 

उक्त समितिले केही दिन अघि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा अतिक्रमित जग्गा खाली गराएकोमा आज वडा नम्बर ३ मै अतिक्रमण चपेटामा परेको नेतुवा तालमा घेरवार गरिएको छ । 

धनगढी उपमहानगरपालिकाको खोला नाला तथा सार्वजनिक जग्गा हटाउ समितिका सयोजक तथा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी, ऐलानी तथा प्रतिजग्गा हटाउ समितिका सयोजक तथा वडा नम्बर ९ का अध्यक्ष नारायण वराल, वडा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐर, वडा सदस्य ओम विक्रम चन्द, स्थानीय लगायतको सहभागितामा नेतुवा तालमा घेरवार गरिएको हो । 

वडा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐरले करिव ४५ कट्टा क्षेत्रफलमा फैलिएको नेतुवा तालमा अतिक्रमण गरिएको १५ कट्टा जग्गामा घेरवार गरिएको बताए । 

नेतुवा तालमा साढे ७ करोडको लागतमा वाटर पार्क बनाउने भन्दै डिजाईन समेत बनिसकेको छ । 

उपमहानगरपालिकाले वाटर पार्क निर्माण गर्ने भनेको करिव ४५ कट्टा क्षेत्रफलमा फैलिएको तालका गत माघमा नाप जक्सा गर्दा चार कित्ता र दुई सिट गरि करिव १५ कट्टा अतिक्रमण गरि लालपूर्जा समेत बनाईएको पाईएको थियो । 

२०७२ साल चैत्र महिनामै वडा नम्बर ३ को वडा नागरिक मञ्च, विशाल युवा क्लव, राजनीतिक दलका प्रतिनिधिको टोलीले उक्त जग्गा रोक्का गरिदिन भन्दै जिल्ला प्रसाशन कार्यालय र नापी कार्यालयमा उजुरी दिएको भएपनि शक्ति र पैसाको आडमा उक्त जग्गा अतिक्रमण गरि लालपूर्जा समेत बनाईएको उपमहानगरपालिकाले जनाएको छ । 

उपमहानगरपालिकाले अतिक्रमण गरि बनाएको जग्गामा घेरवार गरेपछि उक्त जग्गा अतिक्रमण गरि लालपूर्जा समेत बनाएकाले विरोध गर्न थालेका छन । 

उनीहरुले २०२१ सालको नक्सा अनुसार नापनक्सा हुनुपर्ने माग गरेका छन । तर, उपमहानगरपालिकाले भने २०२१ सालको नक्सालाई प्रक्रियामा लगेर नया नक्सा अनुसार नै अगाढी बढने जनाएको छ । 

 


सोमबार १७, बैशाख २०७५ १२:३६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस