Khabar Raftar

07:00 AM - 07:30 AM

Monday, May 28 2018, 07:11 | सोमबार १४, जेठ २०७५ ०७:११
प्रदेश ७ को सरकारले पहिलो पटक बैशाख ९ गते आईतवार बजेट ल्याउदै

प्रदेशवासिले तत्काल अनुभूति गर्ने कार्यक्रम समावेश

शनिबार, ०८ बैशाख २०७५| Dinesh Thakulla
प्रदेश ७ को सरकारले पहिलो पटक बैशाख ९ गते आईतवार बजेट ल्याउदै

दिनेश ठकुल्ला
धनगढी, ८ चैत्र । 

प्रदेश ७ को सरकारले पहिलो पटक बैशाख ९ गते आईतवार बजेट ल्याउने भएको छ । 

चालु आर्थिक वर्ष २०७४/७५ का लागि आईतवार १ अर्व २ करोड ५ लाखको बजेट ल्याईन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले जानकारी दिनुभयो । 

आईतवार दिउसो ३ बजे बस्ने प्रदेश सभा बैठकको विशेष समयमा आर्थिक मामिला तथा योजना मन्त्री बोहराले चालु आर्थिक वर्षका ३ महिनाका लागि बजेट पेश गर्नुहुने छ । त्यसका लागि प्रदेश सभा सचिवालयले सहमति प्रदान गरिसकेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शकर कृष्ण श्रेष्ठका अनुसार बजेटको सम्पूर्ण तयारी पुरा भएको छ । बजेट ल्याउनुपछि आवश्यक पर्ने कानुन निर्माण, प्रारम्भिक दस्तावेज र बजेट भाषण तयार पारिसकिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । 

वैशाख–असारका लागि प्रदेश सरकारले ल्याउने बजेटमा आयको उल्लेख हुनेछैन । यसमा खर्चको विषय मात्रै उल्लेख हुने जनाइएको छ । साधारण र विकास खर्च मात्र समेटिएको निरन्तर बजेटको आंशिक भाग ल्याउन लागिएको सचिव श्रेष्ठले बताउनुभयो । 

यसमा दीर्घकालीनभन्दा तत्कालीन विषयलाई समावेश गरिने जनाइएको छ । प्रदेशका बासिन्दाले तत्काल अनुभूति गर्ने कार्यक्रम समावेश गरिने बताईएको छ । 

खानेपानी, सडक, शिक्षा, कृषि आदि क्षेत्रमा तत्काल गर्न सकिने कार्यक्रम ल्याइने अर्थमन्त्रालयले जनाएको छ । छोटो अवधिमा दीर्घकालीन योजनाहरू समावेश गर्न नसकिने भएकाले तत्काल राहत र विकासका विषयलाई मात्रै समावेश गरिन लागेको जनाइएको छ । 

प्रदेश सरकारले ल्याउने पहिलो बजेटसँगै आर्थिक वर्ष ०७५/७६ को बजेटको तयारी पनि थालेको जनाएको छ । 


 


शनिबार ०८, बैशाख २०७५ ०९:५६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस