Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:52 | बुधबार ०६, भदौ २०७५ ११:५२
कैलाली उद्योग वाणिज्य सघको निर्वाचनका लागि पुष्पराज कुवरको नेतृवमा प्यानल घोषणा

“व्यावसायिक एकता र आर्थिक सम्बृदि” भन्ने मुल नारा

बिहिबार, ०६ बैशाख २०७५| Dinesh Thakulla
कैलाली उद्योग वाणिज्य सघको निर्वाचनका लागि पुष्पराज कुवरको नेतृवमा प्यानल घोषणा
कुवरको नेतृवको प्यानल ।

दिनेश ठकुल्ला
धनगढी, ६ बैशाख ।

आगामी बैशाख २२ गते हुने कैलाली उद्योग वाणिज्य सघको निर्वाचनका लागि पुष्पराज कुवरको नेतृवमा प्यानल घोषणा गरिएको छ । 

“व्यावसायिक एकता र आर्थिक सम्बृदि” भन्ने मुल नाराका साथ विहिवार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै कैलाली उद्योग वाणिज्य सघका वर्तमान कोषाध्यष समेत रहेका कुवरको नेतृत्वमा प्यानल घोषणा गरिएको हो । 

उक्त प्यानलको वरिष्ठ उपाध्यक्षमा पुष्कर ओझा, उपाध्यक्ष (वाणिज्य) मा भुवन केसी, उपाध्यक्ष (बस्तुगत) शिव कुवर, महासचिवमा ओम विष्ट, सचिवमा शिवराज पनेरु र कोषाध्यक्षमा दिनेश लम्साल छन ।

सदस्यहरुमा मनोज अग्रवाल, केशवराज जोशी, टोप बहादुर केसि, शिव सापकोटा, मिलन कुवर, तिलव खतिवडा, सुरेन्द्र बोहरा, लक्ष्मणराज पन्त र धन बहादुर चौधरी छन । 

एक जना महिना सदस्य र  जोशीपुरबाट एक सदस्यको टुङलो लाग्न बाकी छ । 

यस्ता छन प्रतिवद्धता 

कैलाली उद्योग वाणिज्य सघलाई सवै उद्योगी व्यावसायीको साझा सस्था बनाउने भन्दै घोषणा गरिएको प्यानलले प्रदेश ७ लाई भातरसग जोडने गौरीफन्टा नाका र चिनसग जोडने बझाङको ताक्लाकोट नाकालाई अन्तराष्ट्रिय नाका बनाउन पहल गर्ने प्रमुख एजेण्डा बनाएको छ । 

विधानलाई सशोधन गरि प्यान भ्याट नलिएका तथा विकृतिको रुपमा रहेका गैर सदस्यहरुलाई व्यवस्थित गर्ने, प्रदेशमा विषेश आर्थिक क्षेत्र स्थापना तथा विषशे औद्योगिक प्याकेज घोषणा गर्ने, एक स्थानीय तह एक उत्पादन क्षेत्र अवधारणअघि सार्ने, कर भन्सार विमा बैकिङ र सुरक्षा जस्ता विषय छुट गराउने प्रतिवद्धता पत्रमा उल्लेख गरिएका छन । 

सघले सुदुरपश्चिम महोत्सवमा राख्दै आएका मध्ये पुरा नभएका माग पुरा गराउनका लागि पहल गर्ने र सुन्दर सुदुरपश्चिम भ्रमण वर्ष २०७५ आयोजनाका लागि प्रदेश सरकारसग पहल गर्ने लगायतका ९ वुदे प्रतिवद्धता पत्र सार्जजनिक गरिएको छ । 

तिन पूर्व अध्यक्षको साथ

पुष्पराज कुवरको नेतृवमा रहेको प्यानललाई पूर्व अध्यक्ष कर्ण कुवर, गोपाल हमाल र दिनेशराज भण्डारीको समर्थन छ । 

उनीहरु तिनै जना प्यानल घोषणा सभामा उपस्थित मात्रै भएनन, उनीहरुले पुष्पराज कुवरको नेतृवको प्यानललाई जिताउन आग्रह गर्दै आफुपनि जिताउन लाग्ने भन्दै भाषणा नै गरेका छन । 


बिहिबार ०६, बैशाख २०७५ १२:०३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस