Khabar Raftar

07:00 AM - 07:30 AM

Monday, May 28 2018, 07:11 | सोमबार १४, जेठ २०७५ ०७:११
मुख्यमन्त्रीकी छोरी सामुदायिक विद्यालयमा

मुख्यमन्त्री पनि सरकारी स्कुलमै पढेका थिए

बुधबार, ०५ बैशाख २०७५| Dinesh Thakulla
मुख्यमन्त्रीकी छोरी सामुदायिक विद्यालयमा
छोरीलाई सरकारी विद्यालयमा भर्ना गराईसकेपछि छोरीका साथ मुख्यमन्त्री दम्पती ।

दिनेश ठकुल्ला
धनगढी, ५ चैत्र । 

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन । 

बुधवार विहान एक कार्यक्रमका साथ मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिक–४ मा रहेको राष्ट्रिय माविमा १४ वर्षकी छोरी पुनमलाई कक्षा ८ मा भर्ना गराएका हुन ।

राजनीतिज्ञले आफनो छोराछोरीलाई महगा वोर्डिङ तथा विदेशमा पढाउने परम्परा चलिरहेका बेला पत्नी दुर्गालाई साथमा लिएर मुख्यमन्त्री भट्ट यसअघि डोटीको देवस्थल माविमा अध्ययन गर्दै आएकी छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा भर्ना गराउन पुगेका थिए । 

सामुदायिक विद्यालयप्रति अभिभावको आकर्षण घटदै गईरहेका बेला मुख्यमन्त्री भट्टले भर्ना अभियान सञ्चालन भईरहेका दुई छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा भर्ना गरेका हुन ।  

यसले सामुदायिक विद्यालयप्रति अभिभावको विश्वास बढने अपेक्षा शिक्षाविद््को छ । 

सरकारीमा छोराछोरी पढाउने बाताबरण तयार गछौ : भट्ट

आफनो छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दै मुख्यमन्त्री भट्टले सवैले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने बाताबरण प्रदेश सरकारले बनाउने बताए । 

त्यसका लागि नीति बनाउने कार्य भईरहेको समेत मुख्यमन्त्रीले जानकारी दिए । 

भट्टले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीदेखि राजनीतिज्ञले समेत आफनो छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री पनि सरकारी स्कुलमै पढेका थिए 

कक्षा ८ सम्मको अध्ययन गरेका मुख्यमन्त्री भट्ट पनि सरकारी स्कुलमै पढेका हुन । उनी डोटीको के.आई.सिह गाउपालिकामा रहेको देवस्थल प्राविमा पढेका थिए । हाल उक्त स्कुलमा कक्षा १० सम्म पढाई हुदै आएको छ ।  

१४ वर्षको बालापनमै गरिबीका कारण कक्षा ८ मा बढाई छाडदै रोजगारीका लागि भारत पुगेका भट्टल चौकीदारी समेत गरेका थिए । 

प्रदेश ७ : ६ हजार बढी विद्यालय बाहिर

प्रदेश ७ का नौ जिल्लामा ६ हजार चार सय २२ बालबालिका स्कुलबाहिर रहेको तथ्यांक छ । 

क्षेत्रीय शिक्षा निर्देशनालयको तथ्यांकअनुसार बाजुरामा चार सय ३२, बझाङमा पाँच सय १४, अछाममा एक हजार एक सय ५६, डोटीमा चार सय ७७, कैलालीमा दुई हजार तीन सय ९४, दार्चुलामा दुई सय ६३, बैतडीमा एक सय १४, डडेल्धुरामा तीन सय ३२ र कञ्चनपुरमा छ सय ४० बालबालिका स्कुलको पहुँचभन्दा बाहिर छन् । 

गरिविका कारण कसैले विद्यालय छाडनुपर्दैन 

गरिविका कारण बालापनमै कक्षा ८ मै पढाई छाडन बाध्य भएका मुख्यमन्त्री भट्ट अव कसैले पनि विद्यालय छाडने अवस्था नआउने बताउछन । 

विद्यालय वाहिर रहेका विद्यालयलाई भर्ना गराउन भर्ना अभियान सञ्चालन भईरहेको बताउदै मुख्मन्त्री भट्टले पढने नसक्ने विद्यार्थीलाई प्रदेश सरकारले पढाउने बताए । 

त्यसका लागि सामाजिक मन्त्राललयले कार्यक्रम समेत तयार पारिरहेको बताईएको छ । 

 सच्याईएको : यसअघि प्रकाशति समाचारमा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले एक छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ ।  -सम्पादक


बुधबार ०५, बैशाख २०७५ १०:१५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस