Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:53 | बुधबार ०६, भदौ २०७५ ११:५३
डिपिएल : फाईनलका लागि धनगढी र काठमाण्डौ प्रतिस्पर्धा गर्दै, कस्ले मार्ला बाजि ?

उद्घाटन खेलमा भिडेका टिमकै उपाधिका लागि भिडन्त

शुक्रबार, ३० चैत २०७४| Dinesh Thakulla
डिपिएल : फाईनलका लागि धनगढी र काठमाण्डौ प्रतिस्पर्धा गर्दै, कस्ले मार्ला बाजि ?
काठमाण्डौका कप्तान ज्ञानेन्द्र मल्ल र धनगढीका कप्तान सोमपाल कामी ट्रफिका साथमा ।

दिनेश ठकुल्ला 
धनगढी, ३० चैत्र । 

सर्वत्र चर्चा र चासोको विषय बनेको धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधिका लागि साविकको विजेता तथा घरेलु टिम धनगढी चौराहा र काठमाण्डौ गोल्डेन्स प्रतिस्पर्धा गर्दैछन । खेल दिउसो साढे १२ बजेदेखि धनगढीको सघिय ईकाई प्रहरी कार्यालयको मैदानमा सुरु हुने छ । 

काठमाण्डौ गोल्डेन्सलाई हराउदै टिम चौराहा धनगढी फाईनल पुगको थियो भने काठमाण्डौले विहिवार महेन्द्रनगर युनाईटेडलाई पराजित गर्दै चौराहासगको भेट पक्का बनाएको हो । 

उपाधिका लागि भिडन लागेका दुई टिमविच सयोग के परेको भने काठमाण्डौ गोल्डेन्सले टिम चौराहा धनगढीलाई पराजित गर्दै उद्घाटन खेलमा विजयी सुरुवात गरेको थियो भने टिम चौराहा धनगढी काठमाण्डौसग सनसनीपूर्ण जित निकाल्दै फाईनल प्रवेश गरेको थियो । 

काठमाण्डौ गोल्डेन्सले उद्घाटन खेलमा ७ विकेटले हराएको बदला टिम चौराहा धनगढीले क्वालिफायरको पहिलो खेलमा लियो । उसले निकै रोमाञ्चक र सनसनीपुर्ण खेलमा १ विकेटको जित मात्रै निकालेन फाईनलमा स्थान सुरक्षित बनायो । 

जारी प्रतियोगितामा फाईनलमा पुगेका दुई टोली तेस्रो पटक भिड्न लागेका हुन । यसअघि भएका खेलमा एक÷एक जित निकालेका छन । 

प्रतियोगितामा काठमाण्डौ ७ खेलमध्ये ६ खेलमा जित निकाल्दै ९ अकाका साथ अक तालिकाको शिर्ष स्थानमा छ भने चौराहा ६ खेलमध्ये ४ जित्दै ६ अकाका साथ अक तालिकाको दोस्रो स्थानमा छ ।

प्रतियोगितामा काठमाण्डौ गोल्डेन्सका खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन । 

राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका काठमाण्डौका कप्तान ज्ञानेन्द्र मल्ल केही लयमा फर्केका छन ।

डिभिजन टु देखि विश्वकप छनौटमा खराव प्रदर्शन गर्दै क्रिकेट पे्रमीलाई निराश बनाएका मल्लले डिपिएमा त्यो गल्ती गरेका छैनन । 

एनले अहिलेसम्मका खेलमा कप्तानी पारि खेलका छन । उनीसगै नरेश बुढाएर, ललित राजबंशी, अमित श्रेष्ठले पनि राम्रो खेल प्रदर्शन गरिरहेका छन । 

काठमाण्डौको जितका लागि विदेशी खेलाडी सुबोध भाटी र सन्नी पटेल महत्वपूर्ण सदस्य हुन । उनीहरुले विहिवार भएको खेलमा प्रतियोगितामै किर्तिमानि समेत कायम गरेका छन ।  

भाटीे आक्रामक पारी खेल्दै १८ बलमा ५२ रन बनाए भने पटेलले ६ विके लिए । १७ बलमै ५० रन बनाउँदै प्रतियोगितामै सबैभन्दा छिटो अर्धशतक हान्ने खेलाडी बनेका छन् भाटी । पटेल जारी प्रतियोगितामा एकै खेलमा ६ विकेट लिने सन्नी पहिलो खेलाडी हुन ।

उता, पहिलो पटक कप्तानी समालेका सोमपाल कामीले पनि आ–टिमलाई फाईनलसम्म ल्याईपु¥याएका छन । 

प्रतियोगितामा सोमपालसगै सुनिल धमाला, सोनु तामाङ, राजेश पुलामी, राजु रिजालले राम्रो प्रदर्शन देखाईरहेका छन । 

(युएई)का रोहन मुस्तफा र भारतका पुनित मिश्रा पनि भरपर्दा खेलाडी हुने । अहिलेसम्म खेलका खेलमा दुई विदेशी खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन । 

प्रतियोगितामा दुवै टिमले राम्रो प्रदर्शन गरिरहेका कारण यो टिम नै जित्छ भन्न कठिन रहेको खेल विश्लेषक बताउछन ।

प्रतियोगितामा यसअघि चल्न नसकेका व्याट्सम्यान फर्ममा आएका र नया खेलाडी समेत राम्रो प्रदर्शन गरिरहेका कारण नजिताको अनुमान गर्न गाह्रो छ । 

फाईलन प्रवेशका लागि भिडन लागेका दुवै टिमले आ–आफनो टिमले उपाधि जित्ने दावी गरेका छन । 
विहिवारको खेलपछि पत्रकारले सोधेको प्रश्नमा दुवै टिमका कप्तानले आफनो टिमले जित्ने दावी गरेका हुन । 

सवै खेलमा राम्रो खेल प्रदर्शन गरेका कारण आफनो टिमले जित्ने काठमाण्डौका कप्तान मल्लले दावी गरेका बेला टिम चौराहा धनगढीका कप्तान कामी पनि आफनो टिम पनि कमजोर नभएको बताउछन । घरेलु मैदान समेत भएकाले दर्शकको समर्थनले पनि आफनो टिले उपाधि जित्ने कामीको दावी थियो । 

दुवै टिमका कप्तानले आ–आफनो टिमले जित्ने दावी गरेपनि अन्तिम नजिताका लागि खेलको अन्त्यसम्म कुर्नुको विकल्प छैन । 


शुक्रबार ३०, चैत २०७४ ०८:२६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस