---
Sunday, August 19 2018, 09:11 | आइतबार ०३, भदौ २०७५ ०९:११
धनगढी महिला जेसिजद्धारा ५० जेष्ठ नागरिक सम्मानित

आइतबार, २५ चैत २०७४| Dinesh Thakulla
धनगढी महिला जेसिजद्धारा ५० जेष्ठ नागरिक सम्मानित
जेष्ठ नागरिकलाई सम्मान गर्नुहुदै उपप्रमुख मिश्र

दिनेश ठकुल्ला
धनगढी, २५ चैत्र । 

धनगढी महिला जेसिजले स्थापनाको ५ औ वर्षको अवसरमा ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । 

जेसिजले धनगढीमा आईतवार एक कार्यक्रमको आयोजना गर्दै स्थापना दिवसको अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का २५ पुरुष र २५ महिला जेष्ठ नागरिकलाई सम्मान गरेको हो । 

धनगढी महिला जेसिजकी वर्ष २०१८ की अध्यक्ष दिप्ति शाहीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्ट प्रमुख अतिथि रहनुभएको थियो । 

प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख भट्टले  जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । 


 


आइतबार २५, चैत २०७४ ०७:५९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस