Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:51 | बुधबार ०६, भदौ २०७५ ११:५१
विप्लव कार्यकर्तामाथि प्रहरीको लाठी जार्च (फोटा फिचर)

शनिबार, २४ चैत २०७४| Dinesh Thakulla
विप्लव कार्यकर्तामाथि प्रहरीको लाठी जार्च (फोटा फिचर)


दिनेश ठकुल्ला
धनगढी, २४ चैत्र । 

धनगढी चाराहामा विप्लव कार्यकर्तामाथि प्रहरीले लाठी जार्च गरेको छ । साथै बाजुराका पूर्व सभासद डवल शाह सहितका करिव १ दर्जन नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको छ ।

अहिले साढे २ बजेको समयमा धनगढी चौराहामा क्रान्ति दिवस मनाउने क्रममा प्रहरी र विप्लव कार्यकर्ताविच झडप भएको हो ।

करिव दुई÷तिन सयको सख्यामा धनगढीमा विप्लवका कार्यकर्ता उपस्थिति भएका थिए । उनीहरुलाई धनगढी चौराहाबाट बजार आउन प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रहरीको लाठीचार्जपछि विप्लवका कार्यकर्ता तितरवितर भएका थिए । अहिले पनि धनगढी चौराहामा ठुलो सख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति छ । 
 


शनिबार २४, चैत २०७४ ०३:२४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस