Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:45 | शुक्रबार ०८, असार २०७५ १८:४५
गायक प्रमोद खरेल बने (डीपीएल) को गुडविल एम्बास्डर

आइतबार, ११ चैत २०७४| Radio Dhangadhi
गायक प्रमोद खरेल बने (डीपीएल) को गुडविल एम्बास्डर

धनगढी ११ चैत्र ।  गायक प्रमोद खरेल नेपालकै सर्वाधिक राशीको धनगढी प्रिमियर लिग (डीपीएल)को गुडविल एम्बास्डर घोषित हुनुभएको छ ।   डीपीएलको आयोजक धनगढी क्रिकेट एकेडेमीले गायक खरेल डीपीएलको गुडविल एम्बास्डरमा नियुक्त भएको जानकारी दिएको हो ।

डीपीएलको दोस्रो संस्करण यहि चैत १७ गतेदेखि धनगढीको संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा सुरु हुँदैछ । गायक खरेलले डीपीएलको उदघाटन समारोहमा विशेष प्रस्तुति दिने एकेडेमीका अध्यक्ष सुवास शाहीले बताउनुभयो । गायक खरेलको डीपीएलको शीर्ष गीतमा समेत स्वर रहने छ ।

डीपीएलको दोस्रो संस्करण पनि टी(२० क्रिकेट प्रतियोगितामा देशका ६ चर्चित शहरहरुबाट उत्कृष्ट टिमले सहभागिता जनाउने छन् । काठमाडौं गोल्डन्स, महेन्द्रनगर युनाइटेड, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सीवाईसी अत्तरिया र टीम चौराहा धनगढीले प्रतियोगितामा भाग लिनेछन् ।

प्रतियोगिताको उपाधि विजेताले २५ लाख नगद तथा उपविजेताले १० लाख नगद पाउनेछन् । तेस्रो हुनेले ३ लाख र चौथो हुनेले २ लाख नगद पुरस्कार प्राप्त गर्ने धनगढी एकेडेमीका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

  प्रतियोगिताको पहिलो दिन साविक विजेता टिम चौराहा धनगढी र काठमाडौं गोल्डेनबीच प्रतिस्पर्धा हुनेछ । 
 


आइतबार ११, चैत २०७४ ०८:०७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस