---
Sunday, August 19 2018, 09:08 | आइतबार ०३, भदौ २०७५ ०९:०८
डीपीएलको सर्वोत्कृष्ट खेलाडीले सुनको जुत्ता पाउने

आइतबार, ११ चैत २०७४| Hari Joshi
डीपीएलको सर्वोत्कृष्ट खेलाडीले सुनको जुत्ता पाउने

धनगढी ११ चैत्र । धनगढीमा चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग (डीपीएल २) क्रिकेट प्रतियोागिताको सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बुट पाउने भएको छ । 

आयोजक धनगढी क्रिकेट एकेडेमीले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको जानकारी गराएको हो ।
 आयोजकले गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चरर्स सँग प्रायोजन सम्झौता गरेपछि उसले सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको हो । 

डीपीएलको सर्वोत्कृष्ट खेलाडी प्राविधिक समितिले चयन गर्ने बताएको छ । डीपीएलको प्लेयर अफ दि सिरिजलाई भने मोटरसाइकल उपहार दिने यसअघि नै घोषणा भइसकेको छ । आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको सम्झौता अनुसार डीपीएलमा प्रायोजन गरेवापत गोल्ड स्टार जुत्ताले १६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 
गोल्डस्टारले ९ लाख रुपैयाँ नगद र बाँकी अन्य सहयोग गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो । 
 


आइतबार ११, चैत २०७४ ०७:५४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस