Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:47 | शुक्रबार ०८, असार २०७५ १८:४७
बेकरीका परिकार बनाउन सिकाइदै

आइतबार, ११ चैत २०७४| Hari Joshi
बेकरीका परिकार बनाउन सिकाइदै

धनगढी ११ चैत्र । धनगढी लेडिज जेसिजले दुइ दिने बेकरी परिकार निमार्ण सम्बन्धी  तालिमको आयोजना गरेको छ ।  

महिलाहरुलाइ लक्षित गरी सञ्चालन गरिएको सो तालिम भोली सम्म सञ्चालन हुनेछ । 
तालिममा दुइ जना दृष्टिबिहिन महिलाको पनि सहभागीता रहेको छ । बेकरी परिकार तालिमको सहजिकरण  काठमाण्डौ लेडिज जेसिजका निवर्तमान अध्यक्ष सृजना नकर्मीले गरिरहनु भएको छ । 


तालिममा बेकरी परिकार पिजा, केक र डुनटको प्रशिक्षण दिइने धनगढी लेडिज जेसिजकी अध्यक्ष दिप्ती शाहिले जानकारी दिनुभयो । तालिमले  महिलाहरुलाइ सक्षम र आत्मनिर्भर बनाउने विश्वास लिएको छ ।   
 


आइतबार ११, चैत २०७४ ०७:४३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस