Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:53 | बुधबार ०६, भदौ २०७५ ११:५३
"विना हिचकिचाहट लगानी गर्नुस"

आइतबार, ११ चैत २०७४| Hari Bhatta
"विना हिचकिचाहट लगानी गर्नुस"

धनगढी ११ चैत्र । प्रदेश ७ को विकासका लागि प्रदेश सरकार लगानि मैत्रि वातावरण बनाउन तयार रहेको प्रदेश सरकारले बताएको छ । सुरक्षाका कारण निजि क्षेत्र लगानि गर्न आकषर््िात नभएको बन्दै सरकारले कानुनमै पृर्ण सुरक्षाको ग्यारेन्टी गर्ने बताएको छ । 


उद्योग स्थापना र रोजगारीका लागि निजी क्षेत्रको साथ र सहयोगको खाँचो रहेकाले औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक जग्गा, जलस्रोत र सुरक्षाको ग्यारेन्टी प्रदेश सरकारले गर्ने मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभयो  । 


प्रदेश ७ मा स्रोत भन्दा पनि सोचको आवश्यबता रहेको भन्दै प्रदेश सरकारले योजनाका साथ लगानि गर्न निजि क्षेत्रलाई आग्रह गरेको हो । एउटा शिर्षकको कर दुई ठाउमा नतिनुपर्ने र बैंकको ब्याजदर न्युन पारेर औद्योगिक लगानीमा सहज वातावरण बनाउन तयार रहेको अर्थ मन्त्री झपड बहादुर बोहराले बताउनुभयो । 

प्रदेशमा उद्योग–व्यवसायको विकास, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा सहकार्य गर्ने सकरात्मक भएका छन ।  उद्योगधन्दाको प्रवद्र्धनका लागि आवश्यक पर्ने प्राकृतिक स्रोत–साधनको समुचित प्रयोग तथा परिचालन गर्न सके प्रदेशको समुन्नत विकास हुनेमा सरोकारवाला विश्वस्त देखिन्छन् ।  
 


आइतबार ११, चैत २०७४ ०७:३० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस