---
Thursday, October 18 2018, 18:22 | बिहिबार ०१, कार्तिक २०७५ १८:२२
७ नम्बर प्रदेशमा लगानीको वातावरण खोज्दै निजिक्षेत्र

आइतबार, ११ चैत २०७४| Hari Bhatta
७ नम्बर प्रदेशमा लगानीको वातावरण खोज्दै निजिक्षेत्र

धनगढी ११ चैत्र । प्रदेश ७ को विकासका लागि प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन् ।
   औद्योगिकीकरणसँगै जलस्रोत, पर्यटन र कृषि क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्नेमा उनीहरूले प्रदेश सरकार लाई सुझाएका हुन् । प्राकृतिक स्रोत–साधनमा प्रदेश ७ धनी रहेकाले त्यसको सदुपयोग गर्न सके समृद्ध प्रदेश बन्नेमा उनिहरुले जोड दिएका हुन् । 
प्रदेश ७ का प्राकृतिक स्रोतको सही उपयोग हुन सके देशले नै समृद्धि हासिल गर्न सक्ने भएकाले निजी क्षेत्रले विकास र समृद्धिमा प्रदेश ७ को सरकारसँग सहकार्य गर्न चाहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताउनुभयो । 
निजि क्षेत्रले प्रदेश सरकारले लगानिका क्षेत्र निर्धारण गनुपर्नेमा जोड दिएको छ । प्रदेश ७ मा आफुहरु लगानि गर्न तयार रहेको भन्दै त्यसको लागि सरकारले लगानिमैत्रि नीति अवलम्बन गर्नुपर्ने बताएका हुन । 
प्रदेश ७ मा विकासका लागि आवश्यक स्रोत–साधनको कमी नभएकाले औद्योगिक विकास र प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नेतर्फ प्रदेश सरकारले ध्यान केन्द्रित गनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले सुझाव दिनुभयो ।
 


आइतबार ११, चैत २०७४ ०७:१८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस