Dohori Coundown

05:00 PM - 06:00 PM

Thursday, April 26 2018, 17:03 | बिहिबार १३, बैशाख २०७५ १७:०३
विकासको कुनै योजना लागु नगरेको भन्दै सरकारको तिव्र आलोचना

सरकार अनुगमन, बधाई तथा सम्मानमै ब्यस्त

आइतबार, ११ चैत २०७४| Radio Dhangadhi
विकासको कुनै योजना लागु नगरेको भन्दै सरकारको तिव्र आलोचना

एफएम संवाददाता
धनगढी ११ चैत । प्रदेश सरकार गठन भएको एक महिना भन्दा बढी समय बिति सक्दा पनि प्रदेश सरकारले केहि नगरेको भन्दै यस क्षेत्रका जनताले सरकार प्रति आक्रोस व्यक्त गरेका छन ।

प्रदेश सरकारले आफ्नो सेवा सुविधा मात्रै तोकेको तर विकासको कुनै पनि योजना लागु नगरेको प्रति सरकारको तिव्र आलोचना भएको छ ।

सात नम्बर प्रदेशमा सरकार गठन भएको एक महिना भन्दा बढी भैसकेको छ । गत फागुन ५ गते मुख्यमन्त्री सहित छ वटै मन्त्रीहरुले एकैसाथ सपथ लिएका थिए भने ६ गते पदभार ग्रहण गरेका थिए ।

सरकार गठन भएको एक महिना भन्दा बढी समय पुगेपनि प्रदेश सरकारले जनताले महुसुस गर्ने गरि काम गर्न नसकिएको सर्वसनधनरणले गुनासो गरेका हुन ।

प्रदेश सरकार गठन भएको एक महिना भन्दा बढी समय भए पनि सरकारले जनताको लागि केहि नगरि आफनो दुनो मात्र सोजियको धनगढीका शिव खत्रिले बताउनुभयो ।

एक महिना भन्दा बढी समय सम्म प्रदेश सरकारकोे अधिकाश समय अनुगमन, बधाई तथा सम्मानमै वितेको छ । बधाई सम्मानमा धेरै समय बिताएको र हाल सम्म विकासका कुनै योजना लागु नगरेको प्रति जनताले सरकार प्रति आक्रोस व्यक्त गरेका हुन ।

प्रदेश सरकारले महत्वपुर्ण समयलाई खेर नफालेर प्रदेशको विकासमा लागाउनुपर्ने भए पनि जनताको चहाना अनुसार काम गर्न नसकेको      धनगढी उपमहानगरपालिकाका केशव ओलीले बताउनुभयो ।  

देश संघिय संरचनामा गए पछि देशको विकास छिटो हुन्छ भन्ने आशामा रहेका जनता अहिले निराश बनेका छन । प्रदेश सरकार विकासका योजना लागु गर्नु भन्दा पनि आफनो सेवासुविधा मात्र तोक्न थाले पछि जनता झनै आक्रोसति भएका हुन ।

प्रदेश सातमा विकासको सम्भावना धेरै भएकाले अन्य प्रदेशको तुलनामा यो प्रदेशको विकास छिटो हुने देखीए पनि सरकारले विकास प्रति चासो नदेखाउदा सोचे अनुरुपको विकास हुन नसक्ने यस क्षेत्रका जनताले बताउदै आएका छन ।

प्रदेश नम्बर सातको विकास गर्न कृर्षि, प्रर्यटन, तथा अन्य थुप्रै  सम्भावना रहेका छन । त्यसैले सरकारले आफनो समय खेर नफालेर प्रदेशको विकासमा लगाउनुपर्ने जनताहरु बताउछन ।
 


आइतबार ११, चैत २०७४ ०७:०७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस