Lamhe

09:15 PM - 10:00 PM

Monday, June 25 2018, 21:24 | सोमबार ११, असार २०७५ २१:२४
भारतका कारण रोकीयो  झोलुङ्गे पुल निमार्ण कार्य

आइतबार, ११ चैत २०७४| Radio Dhangadhi
भारतका कारण रोकीयो  झोलुङ्गे पुल निमार्ण कार्य

बैतडी ११ चैत्र । भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुङ्गे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । 
पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एकवर्षभन्दा बढी भइसक्दासमेत भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलङ्गे पुलको निर्माण कार्य अघि नबढेको हो । महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुशी भएका बैतडीको तल्लोसोराड क्षेत्रका बासिन्दा निरास भएका स्थानीय वीरेन्द्र महताले बताउनुभयो । 
भारतीय बजारमा आवतजावत गर्दा डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास गरे पनि पुल निर्माणको काम अहिलेसम्म अघि नबढ्दा स्थानीयवासी निराश भएका उहाले बताउनुभयो ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको झोलुङ्गे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीन वटा पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो । 


दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि पञ्चेश्वरमा भने काम नै शुरु हुन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । एक करोड ३३ लाखको लागतमा १२४ मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता भएको हो ।

 पञ्चेश्वरमा महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि भारतको केन्द्रीय सरकारबाट नो अब्जेक्सन लेटर पाए पनि प्रान्तीय सरकारबाट सहमति आउन बाँकी रहेको झोलुङ्गे पुल डिभिजनका योजना प्रमुख गुरूप्रसाद शर्माले बताउनुुभयो । 


आइतबार ११, चैत २०७४ ०७:०० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस