Lamhe

09:15 PM - 10:00 PM

Monday, June 25 2018, 21:31 | सोमबार ११, असार २०७५ २१:३१
चैते दशैं पर्व मनाईदै

आइतबार, ११ चैत २०७४| Radio Dhangadhi
चैते दशैं पर्व मनाईदै

एफएम संवाददाता
धनगढी ११ चैत । आज चैते दशैं पर्व मनाईदै छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ।

असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा हुँदैन ।

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । चैते दशैंको दिन कैलालकिो बन्देवि मन्दिर लगाएत अन्य शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो ।

चैते दशैंको दिन आइतबार सरकारले सार्वजनिक विदा दिएको छ । यसैबीच  राम नवमी र चैते दशैं आज एकै दिन परेको छ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथी लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैं र मध्याह्नमा नवमी परेकाले दुवै पर्व यस वर्ष आइतबार नै परेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।  

असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्षमा राम मन्दिरहरुमा पूजापाठ गरिन्छ ।


आइतबार ११, चैत २०७४ ०६:५२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस