Dohori Coundown

05:00 PM - 06:00 PM

Thursday, April 26 2018, 17:08 | बिहिबार १३, बैशाख २०७५ १७:०८
खुल्यो अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्र ‘एनएलआइसीसी’

आइतबार, ११ चैत २०७४| Radio Dhangadhi

११ चैत, काठमाडै ।  नेपालमा पहिलो पटक अन्तराष्ट्रियस्तरको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्र एनएलआइसीसी सञ्चालनमाचैत ११, काठमाण्डौं । न्यो लिङ्वा इन्टरनेशनल करियर सेन्टर’(एनएलआइसीसी)ले नेपालमा पहिलो पटक  अन्तराष्ट्रियस्तरको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ ।

काठमाडौंको महाराजगंजस्थित महालक्ष्मी अवल हाउसमा “युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी यु टि एस इन्सर्चको संयुक्तप्रयासमा सुरु गरिएको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्र संचालनमा ल्याएको हो  ।

काठमाडौँको होटल याक एण्ड यतीमा आयोजित एक बिशेष समारोहकाबीच नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बर्डले उक्त प्रशिक्षण केन्द्रको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाइ सम्बोधन गर्दै राजदूत बर्डले यस कोर्षले बिद्यार्थीहरुलाई अंग्रेजी शिक्षाको बारेमा सम्पूर्णरुपमा सबल बन्न मद्दत मिल्ने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा बिशेष अतिथिका रुपमा बोल्दै पूर्व शिक्षामन्त्री प्रदीप नेपालले यस कोर्षको अध्ययन गरिसकेपछि बिद्यार्थीलाई बिश्व समुदायसँगप्रतिष्पर्धा गर्न समेत सहयोग पुर्याउनेमा आफु बिस्वस्थ रहेको धारणाराख्दै संस्थाको उत्तरोतर प्रगतिको कामना गरे ।

त्यसैगरी युटीएसइन्सर्चका प्रबन्ध निर्देशक एलेक्स मर्फीले यस अंग्रेजी भाषाको ज्ञानले आत्मविश्वासी, कुशल ब्यबस्थापक तथा दक्ष व्यक्तित्व निर्माण गर्न मामार्गदर्शन गर्ने बताए ।

उनले युटीएस सँगको आफ्नो २५ वर्षे अनुभव साटासाट गर्दै नेपाली बिद्यार्थीका लागी यो संस्था बरदान साबितहुने पनि बताए। यता शनिवार एक बिशेष समाराहेका बीच काठमाडौंको महाराजगंजस्थित महालक्ष्मीअवल हाउसमा “युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी यु टि एस इन्सर्चको संयुक्त प्रयासमा सुरु गरिएको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्रको युटीएस इन्सर्चका प्रबन्ध निर्देशक एलेक्स मर्फीले उद्घाटन गरे ।

 

विद्यार्थीह्रुलाई भाषा प्रशिक्षण लिनका लागि आवश्यक पर्ने भौतीक संरचनार पूर्वाधार सहितको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्रमा एक कक्षामा १६जना अध्ययन गर्न सक्नेछन् । अष्ट्रेलियाका विश्वविद्यालयहरुमा जस्तैसंरचना र कक्षाकोठा, लाईबेरी, ल्याब लगायतका सम्पूर्ण सेवा सुविधाहरु प्रदान गरिने कुरा उद्घाटन सत्र पश्चात आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

अष्ट्रेलियाका २६ भन्दा बढी विश्वविद्यालयहरुमा अध्ययन अध्यापन हुदै
आईरहेको यो कोर्ष नेपालमा भने पहिलो पटक एनएलआइसीसी सेन्टरले भित्रयाएको हो ।

नेपालमा यस प्रशिक्षण केन्द्रको आवश्यकता र अपरिहार्यताका बारेमा एनएलआईसीसीका निर्देशक सुरज राजभण्डारीले कार्यक्रम युनिटलाई जानकारी गराए ।

त्यसरी नै यस कोषर्को अध्ययनका लागि लाग्ने खर्च तथा विद्यार्थीह्रुलाई एनएलआईसीसीले प्रदान गर्ने छात्रबृतीका बारेमासंस्थाका अन्तराष्ट्रिय निर्देशक जसीन्टा सुरेखाले जानकारी गराए ।

होटल याक एण्ड यतीमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा बिभिन्न क्षेत्रका उच्च पदस्थ ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

“एनएलआइसीसी सेन्टर” को उद्घाटन कार्यक्रममा युटिएस इन्सर्चका म्यानेजिङ्ग डाइरेक्टर एलेक्स मर्फी, चिफ बिजनेस डेभलपमेन्ट अफिसर पिटर हरिस रएसोसिएट प्रोफेसर पब्लिक हेल्थ एन्जिला डावसनले आ–आफ्नो मन्तब्य राखे ।

अनलाइनखबर


आइतबार ११, चैत २०७४ ०३:४० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस