Lamhe

09:15 PM - 10:00 PM

Monday, June 25 2018, 21:28 | सोमबार ११, असार २०७५ २१:२८
‘तिमी सँग’का लागि साम्राज्ञीको दौडधुप

आइतबार, ११ चैत २०७४| Radio Dhangadhi

चैत्र २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘तिमी सँग’ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि निकै महत्वपूर्ण छ । सायद, यहिकारणले पनि उनी अहिले यसको प्रचारमा निकै गम्भिर छिन् ।

साम्राज्ञीलाई समय मिलाउन गाह्रो भएतापनि उनी यतिबेला चलचित्रको टिमसँग मोफसल टुरमा छिन् । चलचित्रका निर्देशक शिशिर राना, नायकद्धय आकाश श्रेष्ठ र नाजिर हुसेन, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले चितवन पुगेका छन् । चितवन पुगेका उनीहरुले एउटा उत्कृष्ट कथामा मन छुने चलचित्र बनाएको बताए ।

यो टोली बुटवल र पोखरा पनि पुग्ने कार्यक्रम छ । नायिका साम्राज्ञीले चलचित्रले ३ जना अपरिचित पात्रको रमाइलो कथा भन्ने बताइन् । उनले, आफू विदेशमा हुर्किएकी यूवति नेपालमा आएपछि यहाँको हावापानीले कसरी परिवर्तन हुन्छे भन्ने पात्रको भूमिकामा रहेको बताइन् ।

चलचित्रको गीतसंगीतले चर्चा पाइसकेको छ । यसअगाडि २ वटा हिट चलचित्र दिएकी साम्राज्ञीको यो चलचित्र पनि हिट भए उनले सफलताको ह्याटि्रक गर्नेछिन् ।

अनलाइनखबर


आइतबार ११, चैत २०७४ ०३:३८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस