---
Thursday, October 18 2018, 18:18 | बिहिबार ०१, कार्तिक २०७५ १८:१८
डीपीएलका सर्वोत्कृष्ट खेलाडीलाई गोल्डेन बुट

आइतबार, ११ चैत २०७४| Nirmala Khadayat

११ चैत, धनगढी । धनगढीमा चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग (डीपीएल)२० क्रिकेट प्रतियोागिताको सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बुट पाउने भएको छ ।


आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको जानकारी दिनुभयो ।

आयोजकले गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता गरेपछि उसले सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको हो । डीपीएलको सर्वोत्कृष्ट खेलाडी प्राविधिक समितिले चयन गर्ने बताएको छ ।

डीपीएलको प्लेयर अफ दि सिरिजलाई भने मोटरसाइकल उपहार दिने यसअघि नै घोषणा भइसकेको छ ।

आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको सम्झौता अनुसार डीपीएलमा प्रायोजन गरेवापत गोल्ड स्टार जुत्ताले १६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गोल्डस्टारले ९ लाख रुपैयाँ नगद र बाँकी अन्य सहयोग गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो ।


आइतबार ११, चैत २०७४ ०३:३५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस