---
Tuesday, August 21 2018, 21:25 | मङ्गलबार ०५, भदौ २०७५ २१:२५
धनगढी–खुटीया सडकखण्ड सुधारका लागी संघर्ष समिती गठन

शनिबार, १० चैत २०७४| Radio Dhangadhi
धनगढी–खुटीया सडकखण्ड सुधारका लागी संघर्ष समिती गठन

धनगढी १० चैत्र ।  धनगढी–खुटीया सडकखण्डको सुधारका लागी दवाव दिने उदेश्यले स्थानियहरुले दवाव समिती गठन गरेको छ । 
पटकपटक गरिएका पहलहरुलाई सरोकारवाला पक्षहरुले गम्भीररुपमा नलिएपछी  स्थानिय कुवेर बहादुर शाहीको संयोजकत्वमा संघर्ष समिती गठन गरिएको छ  । आज स्थानियहरु द्धारा भेलाको आयोजना गरि संघर्ष समिती गठन गरिएको हो ।

सडकको दुराअवस्थाका कारण धुलो धुवाँले आजित स्थानियले पटकपटक सडक सुधारका लागी माग गर्दे आएका थिए ।
समितीले सडकको अविलम्व निर्माण एवम् स्तरोन्नतीका लागी थप दवावमुलक कार्यक्रमहरु गर्ने संघर्ष समितीका संयोजक शाहीले बताउनुभयो  । 
वर्षौदेखी सडकको दुरावस्था यथास्थितीमै रहेको र धुलोमाटोका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ भने दुर्घटना दिनानुदिन बढिरहेका छन्  । हाल उक्त सडकमा स्कुल र अत्यावश्यक बाहेकका चारपाङ्ग्रे सवारी सञ्चालनमा पुर्णरुपमा बन्देज गरिएको छ ।


शनिबार १०, चैत २०७४ ०४:३१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस