Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:51 | बुधबार ०६, भदौ २०७५ ११:५१
अख्तियारले सातवटै प्रदेशमा नयाँ कार्यालय व्यवस्थापन गर्ने

शनिबार, १० चैत २०७४| Nirmala Khadayat
अख्तियारले सातवटै प्रदेशमा नयाँ कार्यालय व्यवस्थापन गर्ने

एफएम संवाददाता
धनगढी, १० चैत्र ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटै प्रदेशमा नयाँ कार्यालय व्यवस्थापन गर्ने भएको छ । यसअघिका क्षेत्रीय रुपमा खोलिएका कार्यालयलाई संघीय संरचना अनुसार सातवटै प्रदेशमा नयाँ कार्यालय खोलिन थालिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी गराउनुभयो ।

संघीय संरचनाअनुसार आयोगको संरचना पनि विस्तार गर्नका लागि प्रदेशस्तरमा नयाँ कार्यालय व्यवस्थापन गर्न थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रदेश नंं ७ को महेन्द्रनगर, धनगढी वा दीपायल राख्ने तयारी भइरहेको छ ।

ती कार्यालयको संरचना र आवश्यक कर्मचारीका लागि अख्तियारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिरहेको छ । उहाँले सर्वेक्षणपश्चात् चाँडै नै सात वटै प्रदेशमा प्रदेश कार्यालय सञ्चालन ल्याउने जानकारी गराउनुभयो ।

आयोगले २०७० सालमा भ्रष्टाचार ढिलासुस्ती नियन्त्रणका लागि पाँच वटै विकास क्षेत्रमा कार्यालय स्थापना गरेको थियो ।


शनिबार १०, चैत २०७४ ०३:५१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस