Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:51 | बुधबार ०६, भदौ २०७५ ११:५१
जग्गा खरिद विक्रीमा आफ्नो नाम जोडीएको प्रति भट्टको आपत्ती

शनिबार, १० चैत २०७४| Nirmala Khadayat
जग्गा खरिद विक्रीमा आफ्नो नाम जोडीएको प्रति भट्टको आपत्ती

एफएम संवाददाता
कैलाली, १० चैत्र ।

कैलालीको हरैयामा रहेको जग्गा खरिद विक्रीमा आफ्नो नाम जोडीएको प्रति नेकपा  माओबादी केन्द्र  सात नम्बर प्रदेशका इन्र्चाज तथा प्रतिनिधिसभा सदस्य लेखराज भट्टले आपत्ती जनाउनुभएको छ । उहाँले आफ्नो केही मिडियाले नियतबस कपोकल्पित र झुटा समाचार प्रकाशन गरि आफ्नो आफ्नो सामाजिक मर्यादामा आचँआउने कार्य गरेको आरोप लगाउनुभएको छ  ।

आफ्नो नाम जग्गा बिक्री सँग जोडीयपछी भट्टले शुक्रबार विहान आफ्नै निवास अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त विषयमा धारणा सार्वजनिक गर्नुभएको हो ।  आर्थीक भष्टाचार गरेको र हरैयामा रहको जग्गामा सुकुम्बासी सम्बन्धी विवादमा आफ्नो संलग्नता प्रमाणीत गर्न समेत चुनौती दिनुभएको हो ।

द्धन्द्धकालमा हरैया शिबिरमा शुकुम्बासीलाई माओबादीले नै बसालेको भएपनि , शान्ती सम्झौता पछि नीजी सम्पती माथिको अधिकार स्वय जग्गा धनीलाई हुने भएकाले त्यसमा कुनै विवाद नरहेको बताउनुभयो ।  पूर्व मन्री समेत रहेका भट्टले त्यंहा  रहेका शुकुम्बासीको ब्यबस्थापनको लागी संविधानमै उल्लेख भए अनुसार उचित र बैज्ञानिक एवम् हिसावमा व्यवस्थापन गरिने बताउनुभयो ।

गत  माघ २५ गते विक्री भएको उक्त जग्गा  पोखराको सौभाग्य रियल स्टेट एण्ड हाउजिङ्ग प्रालि र प्रालिका तीन जना सदस्यका आफन्तको नाममा मालपोत कार्यालय कैलालीबाट नामसारी गरिएको थियो । यस्तै टिकापुर काण्डका आरोपी रेशमलाल चौधरीको मुद्धा अदालतबाटै किनारा लाउनुपर्ने माओवादी नेता भट्टले  बताउनुभएको छ ।

शुक्रबार पत्रकारहरुले गरेको जिज्ञासामा नेता भट्टले सो कुरा बताउनुभएको हो । संघ, प्रदेश र स्थानिय निकायमा सबै कानुन बन्न नसक्दा जनताका माग पुरा गर्न नसकीएको र चाडै कानुनहरु निमार्ण गरेर चुनावका क्रममा गरिएको प्रतिबद्धताहरु पुरागरिने समेत उहाँले बताउनुभएको छ ।

जनताका चाहाना अनुसार नै जनप्रतिनिधिहरुले कार्य गर्नेमा समेत उहाँले विश्वस्त हुन आग्रह गर्नुभयो । 


शनिबार १०, चैत २०७४ ०३:४८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस