Lamhe

09:15 PM - 10:00 PM

Monday, June 25 2018, 21:22 | सोमबार ११, असार २०७५ २१:२२
धनगढी–खुटिया–दिपायल दु्रतमार्गले गति लिन सकेन

शनिबार, १० चैत २०७४| Nirmala Khadayat
धनगढी–खुटिया–दिपायल दु्रतमार्गले गति लिन सकेन

एफएम संवाददाता
धनगढी, १० चैत्र ।

प्रदेश–७ का पहाडी जिल्लालाई तराईसँग जोड्ने धनगढी–खुटिया–दिपायल दु्रतमार्गले गति लिन सकेको छैन । निर्माण सुरु भएको नौ वर्षसम्म ट्र्याकसमेत खुलेको छैन ।

धनगढी–दिपायल जोड्ने भीमदत्त र केआइसिंह राजमार्गभन्दा आधा दूरी छोटो हुने द्रुतमार्ग निर्माणमा स्थानीय बासिन्दा, सरकार र ठेकेदारको विवादले ढिलाइ भइरहेको छ । दु्रतमार्गमा पर्ने रूख कटानको अनुमति दिन ढिलाइ, ठेकेदारको लापरवाही र स्थानीय बासिन्दाले गर्ने विवादले गति लिन नसकेको आयोजना प्रमुख राजेन्द्र शाहले बताउनुभयो ।

‘वन क्षेत्रभित्र रूख नभएका ठाउँमा काम गर्न सकिने भएपनि  ठेकेदारले रूख कटानको अनुमति नभएको देखाएर काममा ढिलाइ गरेको आयोजना प्रमुख शाहले बताउनुभयो ।

धनगढी–दिपायल दु्रतमार्ग निर्माणको काम नौ वर्षअघि सुरु भएको थियो । ९६ किलोमिटर लामो द्रुतमार्गको अहिलेसम्म ६९ किमि मात्रै ट्रयाक खुलेको छ । अहिले कैलाली र डोटीमा तीनवटा निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले जनाएको छ ।

गत असारमा तीनवटै कम्पनीसँग ३० महिनाभित्र ट्रयाक खोलिसक्ने सम्झौता भएको थियो । अहिले दिपायल पुग्न भीमदत्त र केआइसिंह राजमार्गको १ सय ८२ किलोमिट यात्रा गर्नुपर्छ । दु्रतमार्गले आधा दूरी घटाउने आयोजना प्रमुख शाहले बताउनुभयो । द्रुतमार्गको दूरी ९६ किमि छ ।

०६६मा डोटीको दिपायलदेखि कैलालीको खुटियासम्म ८६ किमि द्रुतमार्ग निर्माण गर्ने तय भएको थियो । द्रुतमार्ग निर्माण हुनसके सुदूरपश्चिम क्षेत्रको विकासको मेरुदण्ड हुने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष दिनेशराज भण्डारीको भनाइ छ ।

दु्रतमार्ग निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको छ । तर, काम नहुँदा फिर्ता जाने गरेको आयोजना प्रमुख राजेन्द्र शाहले बताउनुभयो । यो वर्ष पनि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । 


शनिबार १०, चैत २०७४ ०३:४१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस