---
Tuesday, December 11 2018, 02:22 | मङ्गलबार २५, मङि्सर २०७५ ०२:२२
प्रदेश नम्बर ७ को कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी क्षयरोगी

शनिबार, १० चैत २०७४| Nirmala Khadayat
प्रदेश नम्बर ७ को कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी क्षयरोगी

एफएम संवाददाता
धनगढी, १० चैत्र ।

प्रदेश नम्बर ७ को कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी क्षयरोगका बिरामी रहेको एक तथ्यांकले देखाएको छ । 
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश नम्बर ७ का नौ जिल्लामध्ये वर्षेनी कैलाली र कञ्चनपुरमा गरी ६१ प्रतिशत बढी क्षयरोगी रहेका छन् । 
क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३÷७४ मा प्रदेश नम्बर ७ मा तीन हजार ७१ क्षयरोगीका विरामी रहेकोमा कैलालीमा सबैभन्दा बढी बिरामी रहेका छन् । 
तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७३र०७४ मा कैलालीमा एक हजार दुई सय एक जना बिरामी रहेका छन् । त्यस्तै, कञ्चनपुरमा आठ सय ७१ जना क्षयरोगका बिरामी रहेका छन् । 
निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३र७४ मा डोटीमा एक सय ८५ जना क्षयरोगका बिरामी रहेका थिए । 
तयस्तै, अछाममा एक सय ८३, बैतडीमा एक सय ६३, बझाङमा एक सय ३३, बाजुरामा एक सय सात, डडेल्धुरामा एक सय १६ र दार्चुलामा एक सय १२ जना क्षयरोगका विरामी रहेका थिए । 
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश नम्बर ७ मा क्षयरोगका कारण मृत्यु हुनेको दर कुल विरामी संख्यामध्ये चार दशमलव ६१ प्रतिशत रहेको छ । 
गत आर्थिक वर्षमा प्रदेश नम्बर ७ का कुल विरामी संख्यामध्ये एक सय ३४ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 
क्षयरोगबाट मृत्यु हुनेमा पनि सबैभन्दा बढी कैलालीबाट ४९ जना (चार दशमलव ४१ प्रतिशत) रहेका छन् । 
त्यस्तै, कञ्चनपुरमा ३६ जना (चार दशमलव ६८ प्रतिशत), अछाममा ११ जना (छ दशमलव ४० प्रतिशत), बैतडीमा १५ जना (सात दशमलव ३९ प्रतिशत) तथा बझाङ, डडेलधुरा र दार्चुलामा दुईरदुई जना तथा बाजुरामा एक जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । 
प्रदेश नम्बर ७ मा वर्षेनी चार दशमलव ५८ प्रतिशत बिरामी उपचार पद्दतीमा आउन नसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ । 
निर्देशनालयका अनुसार कैलालीमा चार दशमलव ७७, कञ्चनपुरमा दुई दशमलव २१, अछाममा १८ दशमलव दुई प्रतिशत, बैतडीमा एक दशमलव ४८, बझाङमा चार दशमलव ६५, बाजुरा दुई दशमलव १३, डडेलधुरामा छ दशमलव ९६, दार्चुलामा सून्य दशमलव ८३ र डोटीमा छ दशमलव ७६ प्रतिशत विरामी उपचार पद्दतीमा आउन सकेका छैनन् ।
प्रदेश नम्बर ७ मा दुई हजारभन्दा बढी नयाँ क्षयरोगी वर्षेनी फेला पर्ने गरेको तथ्यांकले देखाएको छ । सो तथ्यांक अनुसार गत आर्थिक वर्षमा यस प्रदेशमा दुई हजार सात सय २६ जना नयाँ क्षयरोगी फेला परेका थिए । जस अनुसार सबैभन्दा बढी एक हजार ७९ कैलाली र सबैभन्दा कम बाजुरा ९८ जना क्षयरोगी फेला परेका थिए ।
हाल विश्वव्यापी क्षयरोग अन्त्यको रणनीति अनुरुप नेपालले पनि क्षयरोग अन्त्यको रणनीति २०५० अवलम्वन गरेको छ । जसअनुसार नेपाल सरकारले सन् २०५० मा प्रति दश लाख जनसंख्यामा एक जनाभन्दा कम गर्ने लक्ष्य राखेको छ । रणनीति अन्तर्गत क्षयरोग, एचआईभी, एमडिआर क्षयरोग, बच्चामा क्षयरोग पत्ता लगाउने, निजी–सरकारी–साझेदारी, सक्रिय विधिबाट क्षयरोग पत्ता लगाउने, विरामी मैत्री क्षयरोग उपचार सेवा आदि विषयहरु प्रथामिकतामा राखेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरीक्षक मनोजप्रसाद ओझाले बताए ।
उनले क्षयरोगका विरामीहरुले औषधी विचमै खान छोड्ने, उपचार पद्दतीमा नआउने लगायतका कारणले प्रदेशमा क्षयरोगका विरामीको संख्यामा कमी आउन नसकेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा कुल विरामी संख्यामध्ये प्रदेशमा ८५ दशमलव चार प्रतिशत विरामीको उपचार सफलता भएको थियो । जसमध्ये ७९ दशमलव छ प्रतिशत विरामी निको भएका थिए ।


शनिबार १०, चैत २०७४ ०३:२२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस