Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:51 | बुधबार ०६, भदौ २०७५ ११:५१
७ नम्वर प्रदेशसभा वैठकद्धारा चार वटा बिषयगत समिति गठन

शुक्रबार, ०९ चैत २०७४| Nirmala Khadayat
७ नम्वर प्रदेशसभा वैठकद्धारा चार वटा बिषयगत समिति गठन

एफएम संवाददाता
धनगढी, ९ चैत्र ।

सात नम्वर प्रदेशसभा वैठकले बिहिबार चार वटा बिषयगत समिति गठन गरेको छ । बिहिबार बसेको प्रदेश सभा बैठकले बिधान तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ बिकास तथा प्रकृतिक समिति र सामाजिक बिकास समिति निर्माण गरिएको हो ।

यस्तै, बैठकले प्रदेशको लोगो निर्धारण गर्न लोगो निर्धारण म¥यौदा समिति पनि गठन गरेको छ । चार वटा बिषयगत समिति ११ सदस्य रहेका छन् भने प्रदेश सातको लोगो निर्धारण गर्न गठित लोगो निर्धारण म¥यौदा समिति ५ सदस्यि रहेको छ ।

प्रदेश सातका सभामुख अर्जुन बहादुर थापाले आजको बैठकमा समितिमा रहने सदस्यहरुको मात्रै नाम पढेर सुनाउनु भएको थियो ।  बिहिबारको प्रदेश सभाको सातौं बैठकमा सभामुख अर्जुन बहादुर थापाले राष्ट्रपतिको निर्वाचन बारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनु भएको थियो ।

राष्ट्रपतिको निर्वाचनबारे प्रदेश सभालाइ जानकारी दिइसकेपनि पुन उपराष्ट्रिपतिको निर्वाचनबारे समेत सभामुख थापाले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनु भयो । बिहिबार करिब ४५ मिनेट बैठक संचालन भएको थियो । अर्काे बैठक चैत्र १५ गते बस्ने गरि स्थगित भएको जानकारी सभामुख थापाले प्रदेश सभालाइ जानकारी गराउनु भयो । 

यस्तै, आजको बैठकमा विषेश समयमा वोल्दै केही प्रदेश सभा सदस्यहरुले पछिल्लो समय प्रदेशमा वढदै गएको सामाजिक अपराध नियन्त्रणका लागी प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । बैठक प्रारम्भ भएलगत्तै चार जना प्रदेश सभा सदस्यहरुले बिशेष समयमा बोल्नु भएको थियो ।

नेकपा एमालेका लिलाधर भट्टले गर्मियाम सुरु भएसंगै बाढि पहिलो र डढेलोको उच्च जोखीम रहेको भन्दै सरकार गम्भिर बन्नुपर्ने बताउनुभयो । 
बिशेष समयमा बोल्दै एमालेकै अमर बहादुर साउदले जनप्रतिनिधी असुरक्षित हुन थालेको बताउनु भयो । घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीको घटनाबारे सदनलाइ जानकारी गराउदै प्रदेश सभा सदस्य साउदले जनप्रतिनिधीहरुको सुरक्षाका लागि सरकार गम्भिर बन्नुपर्ने बताउनु भयो । 

बैठकको बिशेष समयमा बोल्दै माओवादी केन्द्रकी शान्ति नेपालीले सात नम्बर प्रदेशका पहाडि क्षेत्रमा रहेका सुकुम्बासी तथा भुमिहिनहरुका लागि सरकारले जग्गा उपलब्ध गराउनु पर्ने बताउनु भयो । 

नेपाली काग्रेसका भरत बहादुर खड्काले प्रदेश सरकारले दण्ढहिनतालाइ प्रसय दिन नहुने बताउनु भयो । पछिल्लो समय अपराधिक कृयाकलाप बढेको भन्दै खड्काले कडा कारबाहीको मागको गर्नुभयो । 
 


शुक्रबार ०९, चैत २०७४ ०२:३४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस