Nepali Bahas

06:00 AM - 07:00 AM

Thursday, December 13 2018, 06:06 | बिहिबार २७, मङि्सर २०७५ ०६:०६
जलवायु परिवर्तन: भँगेरा लोप हुने संघारमा

शुक्रबार, ०९ चैत २०७४| Nirmala Khadayat
जलवायु परिवर्तन: भँगेरा लोप हुने संघारमा

एफएम संवाददाता
धनगढी, ९ चैत्र ।

घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन् । घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम हँुदै गएका हुन । जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा कैलालीलगायतका क्षेत्रबाट लोप हुने संघारमा पुगेका छन् ।

बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले तापक्रम सहन गर्न नसकि मर्ने गरेका छन् । हुलका हुल देखिने भँगेरा हाल कम मात्रै देखिने गरेको स्थानीयवासीको भनाइ छ ।

कैलालीलगायत तराईका जिल्लामा केही वर्षदेखि तापक्रम ४० देखि ५५ डिग्रिसेल्सियससम्म पुग्ने गरेको छ । बढ्दो ध्वनी, धुवाँ र माटो प्रदूषणका कारणसमेत भँगेराका प्रजाति लोप हुने अवस्थामा पुगेको वातावरणका जानकार बहादुर सिंह महराले बताउनुभयो ।

भँगेराले आहाराका रूपमा रुचाउने किरा फट्यांग्रा र खेतमा छरेको अन्न नै हो । खेतबारीमा रासायनिक मल र विषादीको अन्धाधुन्ध प्रयोग गर्ने क्रम बढ्ेपछि भँगेराको प्रजातिसमेत त्यसको चपेटामा परेको छ ।

एक अध्ययनअनुसार बजार क्षेत्रमा लगाइने स्ट्रिट लाइटका कारण भँगेराले रात दिन पहिचान गर्न नसक्ने र मोबाइल टावरबाट निष्कने रेडियसनका कारण बाटो पहिचान गर्न नसक्ने भएकाले पनि यसको संख्यामा कमी आएको छ । तीनदेखि १३ वर्षसम्म भँगेरा बाच्ने गर्दछ ।  


शुक्रबार ०९, चैत २०७४ ०२:२७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस