BBC Nepali

08:45 PM - 09:15 PM

Sunday, June 24 2018, 20:47 | आइतबार १०, असार २०७५ २०:४७
आफू कार्यरत देशबाटै मतदान गर्ने व्यवस्था गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश

शुक्रबार, ०९ चैत २०७४| Nirmala Khadayat
आफू कार्यरत देशबाटै मतदान गर्ने व्यवस्था गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश

एफएम संवाददाता
धनगढी, ९ चैत्र ।

सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुलाई आफू कार्यरत देशबाटै मतदान गर्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले निर्देशनात्मक आदेश दिएको हो ।

मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न र त्यसका लागि आवश्यक तयारी गर्न निर्देशनात्मक आदेश दिएको अधिवक्ता अनुराग देवकोटाले जानकारी दिनुभयो ।

यद्यपि आदेशको पूर्ण पाठ आएको छैन । वैदेशिक रोजगारमा गएकाहरुको मतदानको हक सुनिश्चित गर्न माग गर्दै ‘सामाजिक न्यायका लागि कानुन नीति नियम मञ्च’ले १४ वैशाख २०७३ मै सर्वोच्चमा रिट दायर गरेको थियो ।


शुक्रबार ०९, चैत २०७४ ०२:२२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस