INDRENI (Lok Dohori)

10:00 AM - 11:00 AM

Friday, September 21 2018, 10:37 | शुक्रबार ०५, असोज २०७५ १०:३७
डढेलो नियन्त्रणका लागि पूर्वतयारी

शुक्रबार, ०९ चैत २०७४| Nirmala Khadayat
डढेलो नियन्त्रणका लागि पूर्वतयारी

एफएम संवाददाता
कञ्चनपुर, ९ चैत्र ।

कञ्चनपुरमा गर्मीयामको सुरुवातसँगै वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि जिल्ला वन कार्यालयले पूर्वतयारी स्वरूप विभिन्न गतिविधि गरिरहेको छ ।

वन डढेलो नियन्त्रण तथा अनुगमन इकाइ गठन गरेर सामुदायिक वन उपभोक्ता समितिहरूलाई सचेतनामूलक क्रियाकलापसँगै डढेलो लाग्न नदिन र लागेपछि रोकथामका उपायबारे जानकारी दिने काम भइरहेको छ ।

यसका साथै उपभोक्ता समितिलाई डढेलो नियन्त्रणका लागि आवश्यक पोसाक तथा अन्य सामग्रीहरू हस्तान्तरणसमेत गरिएको छ । कतिपय ठाउँमा नियन्त्रित आगो लगाउने अभ्यास पनि भइरहेका छन । गत वर्ष मात्रै डढेलोका कारण करिब १८ सय हेक्टर वन क्षेत्र प्रभावित हुन पुग्यो ।

चुरे क्षेत्रसँगै भावरको वन डढेलोको कारण बढी प्रभावित हुने गरेको छ । अघिल्लो वर्ष भएको ठूलो नोक्सानीपछि जिल्ला वन कार्यालयले गरेको पूर्वतयारीका कारण डढेलो कम लागेको प्राविधिकहरूको दाबी छ ।

अहिले सचेतनामूलर्क याली, सडक नाटक र सरोकारवालाहरूसँग गोष्ठी पनि गरिरहेको डढेलो नियन्त्रण इकाइका संयोजक सहायक वन अधिकृत विशेश्वरप्रसाद जोशीले बताउनुभयो ।’ उहाका अनुसार वनभित्र अग्निरेखा निर्माण र डढेलो नियन्त्रणको प्रयोगात्मक अभ्याससमेत भइरहेको छ ।

कञ्चनपुरमा ८८ हजार हेक्टरमा वन क्षेत्र फैलिएको छ । सामुदायिक वनमा उपभोक्ताहरू सक्रिय भएका कारण डढेलो लाग्ने समस्या न्यून भए पनि राष्ट्रिय वनमा यो समस्या बढी छ ।

गत विगतका वर्षदेखि नै डढेलो लागेको स्थान जीपीएसबाट अनुगमन तथा निरीक्षण गर्ने काम भइरहेको छ ।
 


शुक्रबार ०९, चैत २०७४ ०२:१७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस