New Dohori songs

04:00 PM - 05:00 PM

Sunday, July 22 2018, 16:28 | आइतबार ०६, साउन २०७५ १६:२८
दुई मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको मृत्यु

शुक्रबार, ०९ चैत २०७४| Nirmala Khadayat
दुई मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको मृत्यु

एफएम संवाददाता
धनगढी, ९ चैत्र ।

कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको लम्कीचुहा नगरपालिका–२, गणेशपुरमा से २ प ७९८१ र से ५ प ४८०३ नम्बरको मोटरसाइकल ठोक्किँदा  टीकापुरका २५ वर्षीय शिवराज बोगटी र नेत्र रावलको मृत्यु भएको हो । प्रहरीका अनुसार, बोगटीको घटनास्थलमै र रावलको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।

प्रहरी निरीक्षक नैनसिंह साउदका अनुसार दुर्घटनामा घाइते २ मध्ये १ को अवस्था गम्भीर छ ।

गम्भीर घाइते कञ्चनपुरका दीपक चौधरीको नेपालगञ्जमा उपचार हुँदैछ भने अर्का घाइते आशाराम चौधरीको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । 


शुक्रबार ०९, चैत २०७४ ०२:१५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस