---
Thursday, October 18 2018, 00:54 | बिहिबार ०१, कार्तिक २०७५ ००:५४
काम गर्न समस्या भएको न्यायिक समितिका पदाधीकारीको गुनासो

बिहिबार, ०८ चैत २०७४| Nirmala Khadayat
काम गर्न समस्या भएको न्यायिक समितिका पदाधीकारीको गुनासो

एफएम संवाददाता
धनगढी, ८ चैत्र ।

बैतडीका १० वटै स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधीकारीले आफूहरुलाई काम गर्न समस्या भएको गुनासो गरेका छन् । कानुनको बारेमा आफू अनविज्ञ रहेकाले काम गर्न पनि समस्या भएको उनीहरुको भनाइ छ ।

नयाँ संरचना अनुसार देश संघीयतामा गएर स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि न्यायिक समितिको जिम्मा नगरपालिका, गाउँपालिका उपप्रमुख र उपाध्यक्षलाई दिएको छ । आफूहरु कुनै कानुनको विद्यार्थी नभएको र कानुन सम्बन्धी जानकारी नहुँदा पनि आफूहरुलाई समस्या भएको सुर्नया गाउँपालिकाका उपाध्यक्ष लिला बिस्टले बताउनुभयो ।

गाउँमा भएका सबै घटनाहरु न्यायिक समितिमा आउने गरेकाले के गर्ने भन्नेबारेमा पनि आफूहरु अनविज्ञ रहेको बैतडीको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो । यसका लागि प्रदेश सरकारले नीति बनाउनुपर्नेमा बैतडीका न्यायिक समितिका पदाधिकारीले माग गरेका छन् ।

प्रदेश सरकारमा कानुनका बारेमा आफूहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने, पहिलो चरणमा कानुन सल्लाहकार राख्न पाउनुपर्ने माग उनीहरुले गरेका छन् ।

न्यायका बारेमा जानकारी नहुँदा नहुँदै पनि आफूहरुलाई जिम्मेवारी थमाएकाले समस्या भएको उनीहरुको भनाइ छ ।


बिहिबार ०८, चैत २०७४ ०१:५५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस