
एफएम संवाददाता
धनगढी, ८ चैत्र ।
चैत १७ गतेदेखि आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल–२ को खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमिले खेल तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार उद्घाटन खेलमा घरेलु टोली धनगढी र काठमाडौ गोल्डेन्स विच हुने छ । खेल १७ गते दिउँसो १ बजेदेखि संघिय प्रहरी कार्यालयको खेल मैदानमा हुने छ ।
प्रतियोगिता अन्तरगत १९ वटा खेल हुनेछन् भने लिग चरणमा प्रत्येक टिमले प्रत्येक टिमसंग खेल्नै पर्ने गरी तालिका बनाइएको छ । विश्वकप छनोट खेलेर राष्ट्रिय टोलीका सदस्यहरु फर्किएसँगै सहभागी टोलीहरुले प्रतियोगिताका लागि विशेष तयारी थालिसकेको जानकारी गराएका छन् ।
आइसीसीले प्रतियोगितालाई मान्यता दिएसँगै विदेशी खेलाडीहरु भित्र्याउने विषयमा पनि टिमहरु अन्तिम चरणमा रहेका छन् । धनगढी क्रिकेटको आयोजनामा हुन लागेको यस प्रतियोगितामा स्वेदेशी तथा विदेशी खेलाडी अनुबन्धित छन् ।
प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपेन्देही च्यालेन्जर्स र धनगढी गरी ६ टोलीले सहभागिता जनाउनेछन्।
बिहिबार ०८, चैत २०७४ ०१:५२ मा प्रकाशित ।
रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!