Nepali Khabar

09:00 AM - 09:15 AM

Wednesday, November 14 2018, 09:06 | बुधबार २८, कार्तिक २०७५ ०९:०६
प्रदेश ७ : अर्थमन्त्री बोहराले चैत्र २५ गते चालु आर्थिक वर्षको बजेट ससदमा प्रस्तुत गर्नुहुने

क्यालेन्डर बनाएर बजेटको तयारी गर्दै अर्थ मन्त्रालय

बुधबार, ०७ चैत २०७४| Dinesh Thakulla
प्रदेश ७ : अर्थमन्त्री बोहराले चैत्र २५ गते चालु आर्थिक वर्षको बजेट ससदमा प्रस्तुत गर्नुहुने
अर्थमन्त्री झपट बोहरा/ फाईल फोटो

दिनेश ठकुल्ला
धनगढी, चैत्र ७ । 

चालु आर्थिक वर्षका ४ महिनाका लागि अल्पकालिन बजेट ल्याउने तयारीमा रहेको सात नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले क्यालेन्डर बनाएर काम गरिरहेको छ । 

चैत्र २५ वा २६ गते नै ससदमा बजेट प्रस्तुत गर्ने तयारी गरेको मन्त्रालयले कानुन निर्माणको अन्तिम चरणमा छ भने  सरोकारवालासग छलफल गरिरहेको छ । 

बुधवार नै अन्य मन्त्रालयलाई बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रमको खाका तयार गर्न पत्राचार गरिन भएको छ । 

बजेट ल्याउने यस्तो छ अर्थको क्यालेण्डर

बजेट तयारी चालु आर्थिक वर्षका लागि केन्द्रले दिने वित्तिय सामान्यीकरण अनुदान तर्फको १ अर्व २ करोड ५० लाखको बजेट ल्याउने तयारीमा रहेको सात नम्बर प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले क्यालेन्डर बनाएर काम गरिरहेको हो । 

बजेट ल्याुनअघि आवश्यक पर्ने आर्थिक कार्यविधि ऐन तयार गरेर बुधवार रायका लागि कानुन मन्त्रालयमा पठाउन लागिएको छ भने यसैहप्ता ससदमा पेश गरिने छ ।

त्यस्तै, बजेटमा समेटनुपर्ने विषयबस्तु तयार गरेर फागुन १३ गतेभित्रै अर्थमन्त्रालयमा पेश गर्न भन्दै बुधवार नै अन्य मन्त्रालयहरुलाई १९ बुदे मार्गदर्शन सहित पत्राचार गरिने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शकर कृष्ण श्रेष्ठले बताउनुभयो । 

बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रमबारे फागुन १३ गतेभित्रै अर्थमन्त्रालयमा पेश गर्न भन्दै बुधवार अन्य मन्त्रालयहरुलाई १९ बुदे मार्गदर्शन सहित पत्राचार गर्न लागेको अर्थमन्त्रालयले फागुन १५ र १६ गते बजेटबारे अन्तर मन्त्रालय बैठकका आयोजना गर्ने छ । 

त्यसपछि फागुन २२ गते प्रदेश प्रमुख मोहनराज मल्लले चालु आर्थिक वर्षको बजेट कस्तो आउदैछ भन्ने विषयमा ससदमा नीति तथा कार्यक्रम घोषणा गर्नुहुने छ ।

प्रदेश प्रमुखले घोषणा गर्नुभएको नीति तथा कार्यक्रम मन्त्री परिषदबाट पास गराउने र सकेसम्म चैत्र २५ गते नै अर्थमन्त्री झपट बोहराले ससदमा बजेट भाषण गर्नेगरि बजेट तयार पार्ने कार्य भईरहेको. आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्रेष्ठले जानकारी दिनुभयो । 

बजेटको तयारीमा रहेको अर्थ मन्त्रालयले विनियोजन ऐन तथा प्रदेश सञ्चित कोष निर्माणको कार्यलाई पनि तिव्र रुपमा अगाढी बढाएको जनाएको छ । 
 


बुधबार ०७, चैत २०७४ ११:१४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस