Nepali Khabar

09:00 AM - 09:15 AM

Wednesday, November 14 2018, 09:08 | बुधबार २८, कार्तिक २०७५ ०९:०८
नयाँ वर्षमा जेसिजको ‘अब धनगढी दौडिन्छ’

मङ्गलबार, ०६ चैत २०७४| Dinesh Thakulla
नयाँ वर्षमा जेसिजको ‘अब धनगढी दौडिन्छ’
हाफ म्याराथनबारे जानकारी दिदै आयोजक । तस्विर/हरि जोशी

दिनेश ठकुल्ला
धनगढी, फागुन ६ । 

विगतका वर्षहरमा झै नयाँ वर्ष २०७५ को पहिलो दिन बैशाख १ गते धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका साथ हाफ म्याराथन को पाँचौ संकरणको आयोजना गर्ने भएको छ ।

मगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै  धनगढी जेसिजले हाफ म्याराथन प्रतियोगिताबारे जानकारी दिएको छ । 

धनगढी जेसिजका अध्यक्ष यज्ञराज ओझाले आउदो बैशाख १ गते हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । 
खुल्ला म्याराथुन, कर्पोरेट र ट्राई साइकल गरी ३ विधामा म्याराथुन प्रतियोगिता हुने छ । 

खुल्लातर्फ १ हजार तथा कर्पोरेट र ट्राई साइकलमा करिब २ हजार ५ सय जनाको सहभागीता रहने आयोजकले जनाएको छ । 

खुल्ला तर्फ प्रथम हुनेलाई ५१ ह्जार, द्वित्तियलाई २५ हजार  र तृतियलार्ई १५ हजार रुपैया नगद पुरस्कारको ब्यवस्था गरिएको छ भने कर्पोरेट र ट्राई साइकलतर्फ प्रथमलाई ५ हजार, द्धित्तियलाई ३ हजार र तृतियलाई २ हजार पुरुस्कारको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक कमल पनेरुलेले बताउनुभयो । 

प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र अन्य क्षेत्रबाट समेत प्रतियोगिहरुको सहभागिता रहने छ । २१ दशमलव १ किलोमिटरको दुरी रहने हाफ म्याराथनमा कर्पोरेड दौडको दुरी भने पाँच किलोमिटर रहनेछ । 

प्रतियोगिताका संयोजक कमल पनेरुले फरक क्षमता भएका व्यक्तिहरुको पनि सहभागिता होस भन्ने उद्देश्यले ट्राई साईकलको समेत दौड प्रतियोगिता राखिएको प्रतियोगिताका संयोजक पनेरुले बताउनुभयो । 

गति बर्षको प्रतियोगिताबाट संकलित रकम बाट १२ लाखको शवबाहन जिल्ला रेडक्रसलाई दिएको र यस बर्ष पनि बचेको रकम कुनै सामाजिक क्षेत्रमा लगानी हुने संयोजक पनेरुले जानकारी दिनुभयो । 

अघिल्लो वर्ष उक्त प्रतियोगितामा नेपाली सेनाका हरि कुमार रिमाल प्रथम भएका थिए । उनले निर्धारित दुरि १ घण्टा ७ मिनेट ४१ सेकेन्डमा पार गरेका थिए ।


 


मङ्गलबार ०६, चैत २०७४ ०६:१७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस