Dohori Coundown

05:00 PM - 06:00 PM

Thursday, April 26 2018, 17:02 | बिहिबार १३, बैशाख २०७५ १७:०२
एक करोड बढी लागतमा कवर्डहल बन्दै

मङ्गलबार, ०६ चैत २०७४| Nirmala Khadayat
एक करोड बढी लागतमा कवर्डहल बन्दै

एफएम संवाददाता
कञ्चनपुर, ६ चैत्र ।

कञ्चनपुरको बेदकोट नगरपालिका– ३ भम्कामा  एक करोड बढी रकमको लगानीमा अत्याधुनिक सुविधा सहितको कवर्डहल बन्ने भएको छ । नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले आज एक समारोहकाबीच कर्वडहल निर्माणको शिलान्यास गर्नुभयो ।

कवर्डहल निर्माण भएपछि नगर क्षेत्रमै राष्ट्रिय र अन्तर्रा्ष्ट्रिस्तरका खेलाडी उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । कवर्डहल निर्माणका लागि एक करोड ३० लाख २० हजार विनियोजित रकम परिचालन गरी बोलपत्र आह्वान प्रक्रियाद्वारा निर्माण कार्य शुरु हुने छ ।

निर्माणको कार्य असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।


मङ्गलबार ०६, चैत २०७४ ०३:५१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस