Nepali Khabar

06:00 PM - 06:15 PM

Thursday, October 18 2018, 18:11 | बिहिबार ०१, कार्तिक २०७५ १८:११
खानेपानीका लागि आधि रात कुवामा

मङ्गलबार, ०६ चैत २०७४| Nirmala Khadayat
खानेपानीका लागि आधि रात कुवामा

एफएम संवाददाता
बझाङ, ६ चैत्र ।

बझाङको मष्टा गाँउपालिका कोटदेवल रनाडाका स्थानीय वासीन्दाहरु खानेपानीका लागि राति २ बजे सम्म कुवामा बस्ने गरेका छन् । स्थानीय धाराबाट पानी नआउने भएपछि कुवाको पानी खानुपर्ने बाध्यता छ । यो समस्या यहाँका स्थानीयहरुको बर्षौँ देखिको हो ।

झन्डै एक सयभन्दा बढी परीवार रहेको कोटदेवलका स्थानीयले कुवाको पानी प्रयोग गर्दै आइरहेका छन् । खानेपानीको समस्या समाधानका लागि तत्कालीन कोटदेवल गाविसबाट र जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु बाट झन्डै २ करोड भन्दा बढी बजेट सकिएको भए पनि यो लगानी बालुवामा पानी जस्तै भएको स्थानीय कौसिल्लादेवी सिंहले बताउनुभयो । उहाँका अनुसार खानेपानीका योजनाहरु तत्कालीन गाविस र वडामा पटक–पटक आए पनि दिगो नहुने बताउनुभयो ।

नुहाउनको लागि गाई, भैँसीलाई पानी खुवाउनको लागि १ घन्टा भन्दा टाढा रहेको पातल गाडमा जानुपर्ने सरस्वती माविका शिक्षक आनन्द कुमार सिंहले बताउनुभयो । उहाँले विषेश गरेर वृद्ध वद्धाको लागि र एकल महिलाहरुको लागि पानीको निकै समस्या भएको बताउनुभयो ।

कुवाको पानी आधा घण्टा कुरेको खण्डमा ५ लिटर पानी स्थानीयहरुले भर्ने गरेका छन् । २०७२ सालमा जिल्ला खानेपानी कार्यालयबाट २६ लाख बराबरको खानेपानीको आयोजना परेको स्थानीयले बताएका छन् । त्यो आयोजनाबाट खानेपानीका धारा निर्माण भए पनि धारा बाट भने पानी नझरेको उनीहरुको भनाई छ ।

रनाडाका लागि मात्रै खानेपानी मर्मतका लागि बर्से्नि डिभीजन कार्यलयले–२ लाख जति रकम छुट्याइएको जिल्ला खानेपानी कार्यालयले जनाएको छ ।


मङ्गलबार ०६, चैत २०७४ ०३:४८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस