Dohori Coundown

05:00 PM - 06:00 PM

Thursday, April 26 2018, 17:00 | बिहिबार १३, बैशाख २०७५ १७:००
महिला तथा बालबालिकाका मुद्दा हेर्न छुट्टै सुविधायुक्त भवन

मङ्गलबार, ०६ चैत २०७४| Nirmala Khadayat
महिला तथा बालबालिकाका मुद्दा हेर्न छुट्टै सुविधायुक्त भवन

एफएम संवाददाता
बझाङ, ६ चैत्र ।

जिल्ला प्रहरी कार्यालय बझाङमा महिला तथा बालबालिकाका मुद्दा हेर्ने शाखाको लागि छुट्टै सुविधायुक्त भवन निर्माण गरिएको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा प्रहरी प्रधान कार्यालयले बझाङ प्रहरी कार्यालयको हाताभित्र नै महिला बालबालिका सेवा केन्द्रको भवन निर्माण गरेको हो ।

१ करोड ३२ लाख रुपैयाँ लागतमा २ वर्षभन्दा बढी समय लगाएर निर्माण गरिएको उक्त भवनको नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक तथा प्रदेश नं ७ का प्रहरी प्रमुख माधवप्रसाद नेपालले उद्घाटन गर्नु भएको हो ।

 प्रहरी प्रमुख नेपालले महिला तथा बालबालिका सेवा केन्द्रको छुट्टै भवन भएका थोरै पहाडी जिल्लाहरूमा बझाङ पनि एक भएको बताउनुभयो  । उहाले भवन मात्र राम्रो भएर प्रहरीको सेवा राम्रो नहुने बताउँदै जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

केही दिन पहिला कैलाली र कञ्चनपुरमा भएका महिला हिंसाका घटनाले राष्ट्रिय स्तरमा प्रदेश नं ७ मा बढी महिला हिंसा हुने गरेको सन्देश गएको बताउदँै महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना न्यूनीकरणका लागि पनि प्रहरीले अग्रसरता लिनुपर्ने उहाको भनाइ थियो ।

क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलका समादेशक वरिष्ठ प्रहरी उपरीक्षक मोहनराज जोशीले पछिल्लो समयमा महिला तथा बालबालिकामाथि हुने अपराधको प्रकृतिहरू फेरिएको र दर बढ्दै गएकोले प्रहरी चनाखो हुनुपर्ने बताउनुभयो ।


मङ्गलबार ०६, चैत २०७४ ०३:४५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस