Nepali Khabar

06:00 PM - 06:15 PM

Thursday, October 18 2018, 18:05 | बिहिबार ०१, कार्तिक २०७५ १८:०५
अछामको खप्तडमा होमस्टे सञ्चालन

मङ्गलबार, ०६ चैत २०७४| Nirmala Khadayat
अछामको खप्तडमा होमस्टे सञ्चालन

एफएम संवाददाता
अछाम, ६ चैत्र ।

प्राकृतिक सौन्दर्यमा अग्रणी खप्तडको पर्यटन प्रवद्र्धनका लागि अछामको खप्तडमा होमस्टे सञ्चालनमा ल्याइएको छ । खप्तड घुम्न जाने पर्यटकलाई खानबस्न सजिलो होस् भनेर अछामको खप्तडस्थित तत्लो तुका गाउँमा होमस्टे सञ्चालनमा ल्याइएको हो।

यसअघि पर्यटक स्थानीयका घरमै बस्दै आएका थिए। होमस्टे सञ्चालनमा आएपछि तिनलाई छुट्टै घरमा राखिने भएको छ । पर्यटकलाई खानबस्न सजिलो होस् भनेर होमस्टे सञ्चालनमा ल्याइएको साँफेबगर नगरपालिका–१२ खप्तडका अध्यक्ष प्रकाश रानाले बताउनुभयो ।

अछाम, बाजुरा, डोटी र बझाङको संगमस्थलमा अवस्थित खप्तड पुग्न सबैभन्दा छोटो मार्गका रूपमा रहेको खप्तडको तत्लो तुकाबाट खप्तडको पाटन पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्छ ।

भूकम्पप्रतिरोधी छुट्टै पाँच घर निर्माण गरेर सञ्चालनमा ल्याइएको होमस्टेमा पर्यटकलाई स्थानीय खानाका परिकार मात्र खुवाइने रानाले जानकारी दिनुभयो ।


मङ्गलबार ०६, चैत २०७४ ०३:४१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस