New Dohori songs

04:00 PM - 05:00 PM

Thursday, April 26 2018, 16:59 | बिहिबार १३, बैशाख २०७५ १६:५९
दरबन्दीअनुसारका कर्मचारी नहुँदा समस्या

मङ्गलबार, ०६ चैत २०७४| Nirmala Khadayat
दरबन्दीअनुसारका कर्मचारी नहुँदा समस्या

एफएम संवाददाता
बैतडी, ६ चैत्र ।

लेखामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा बैतडीका सरकारी कार्यालयमा समस्या भएको छ । बैतडीमा एउटै लेखापालले तीन÷तीन वटा कार्यालयको लेखा फाँट हेर्नुपर्ने बाध्यता रहेको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका लेखापाल भाष्करप्रसाद पन्तले कोष, भू–संरक्षण र जिल्ला प्राविधिक कार्यालय गरी तीन कार्यालयको लेखाफाँट हेर्दै आउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत लेखापाल दीपक ओझाले दुई कार्यालयको लेखा फाँट सम्हाल्दै आउनुभएको छ ।

पन्त र ओझामात्र होइन जिल्लाका अधिकांश लेखापालले दुईभन्दा बढी कार्यालयको लेखा फाँट सम्हाल्दै आएका छन् । जिल्लामा करीब आठ लेखापालले दुई कार्यालयको लेखा फाँट हेर्दा समस्या हुने गरेको छ । आवश्यक दरबन्दी नभएपछि उनीहरुले दुई÷तीन कार्यालयको लेखा सम्हाल्दै आएका छन् ।

संघीय पुनःसंरचनापछि जिल्लास्थित कार्यालयका लेखापाललाई स्थानीय तहको लेखा हेर्ने जिम्मा दिइएपछि कार्यबोझ बढेर समयमै काम हुन सकेको छैन । योजनाको दैनिक भुक्तानीमा समेत समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । 


मङ्गलबार ०६, चैत २०७४ ०३:३२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस